Skip to content
September 14, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • News
  • Technology
  • Uncategorized

निस्कल राई भन्छन् –  ‘ नेपालले भारतको जग्गा कहाँकहाँ मिचियो हिसाब चाहिन्छ’ 

Kamal Tamang June 1, 2026 1 minute read
1
Share On:


काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक निस्कल राईले प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)सँग नेपालले भारतको जग्गा मिचिएको विषयमा हिसाब दिन माग गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा विपक्षी दलका तर्फबाट बोल्दै प्रमुख सचेतक राईले यस्तो बताएका हुन् ।

‘आज मेरो शिर निहुरेको महसुस भएको छ । सदनको रोस्ट्रममा उभिएर सम्माननीय प्रधानमनत्री ज्युले छाती चौडा बनाउँदै बोलेको विषयले मेरो मात्र होइन, करिब तीन करोड नेपालीको शिर निहुर्‍याएको छ,’ उनले भने, ‘रोस्ट्रममा उभिएर प्रधानमन्त्री ज्युले भन्नुभयो–नेपालले पनि भारतको जग्गा मिचेको छ । यो संसद्मा रेकर्ड भएको छ, त्यो अभिव्यक्ति नजिर बनेर स्थापित भएको छ ।’

जसमा गर्वका साथ सत्ता पक्षका सांसदले ताली पड्काएको पनि उनले बताए ।  ‘उहाँहरूलाई पनि मेरो प्रश्न छ–अलिकती आत्मग्लानी यहाँहरूलाई पनि हुनुपर्छ । सार्वभौम संसद्मा उभिएर उहाँले दिएको अभिव्यक्तिको हाम्रो नोट अफ डिसेन्ट छ,’ उनले भने ।

अब संसद्को रोस्ट्रममा उभिएर प्रधानमन्त्रीले त्यसको जवाफ दिनुपर्ने राईले माग गरे । ‘हाम्रो माग पनि छ । फेरि उहाँ सार्वभौम सत्तासम्पन्न संसद्को रोस्ट्रममा उभिनुपर्छ, नेपालले कहाँकहाँ भारतको जग्गा मिच्यो, एकएक इन्चको हिसाब हामीलाई दिनुपर्छ । हामीलाई हिसाब चाहिन्छ, यो राष्ट्रिय स्वाभिमानको विषय हो, राष्ट्रिय सुरक्षाको विषय हो,’ उनले भने ।

Post navigation

Previous: प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन राप्रपाको माग
Next: प्रतिनिधि सभा बैठक कक्षमा सभामुख र सांसदहरुबीचको बढाइयो दुरी 

Related Stories

1
  • News

खाद्य निरीक्षक राखेर बजार अनुगमन गर्न सरकारको आग्रह

Kamal Tamang July 29, 2026
1
  • News

नेपाल चिकित्सक संघद्वारा देशव्यापी आन्दोलन घोषणा, आकस्मिक बाहेकका सेवा बन्द गर्ने

Kamal Tamang July 29, 2026
1
  • News

उद्योगीका सुझावका आधारमा कर, पूर्वाधार र नीतिगत सुधार गर्ने सरकारको संकेत : चन्द्र ढकाल

Kamal Tamang July 29, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.