Skip to content
September 14, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • News
  • Technology
  • Uncategorized

एनआईसी एशिया बैंकलाई हकप्रद शेयर निष्कासनको बाटो खुला

Kamal Tamang June 2, 2026
1
Share On:


काठमाडौं । एनआईसी एशिया बैंकले चुक्ता पुँजी वृद्धि गर्ने योजनाअन्तर्गत २ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ।सोमबार सम्पन्न बैंकको २८औँ वार्षिक साधारणसभाले नियामक निकायबाट आवश्यक स्वीकृति प्राप्त भएपछि हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव अनुमोदन गरेको हो।

काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आयोजित सभाले आर्थिक वर्ष २०८१८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसहितका वार्षिक वित्तीय विवरणहरू छलफल गरी पारित गरेको बैंकले जनाएको छ।

साधारणसभाले बैंकको सञ्चालक समितिमा नयाँ कार्यकालका लागि संस्थापक शेयरधनीतर्फबाट अशोक कुमार अग्रवाल, रामचन्द्र संघई र जयन्त कुमार अग्रवाल तथा सर्वसाधारण शेयरधनीतर्फबाट आदित्य कुमार अग्रवाल, केशव प्रसाद लम्साल र अनुपा प्रधान राजभण्डारीलाई निर्विरोध निर्वाचित गरेको छ। बैंकले पूँजी सुदृढीकरण तथा व्यवसाय विस्तारको रणनीतिअनुसार हकप्रद शेयर निष्कासनको प्रक्रिया अघि बढाउने जनाएको छ।

Post navigation

Previous: प्रतिनिधि सभा बैठक कक्षमा सभामुख र सांसदहरुबीचको बढाइयो दुरी 
Next: आज राष्ट्रिय सभा बैठक बस्दै, अर्थमन्त्री वाग्लेले प्रस्ताव प्रस्तुत गर्ने

Related Stories

1
  • News

खाद्य निरीक्षक राखेर बजार अनुगमन गर्न सरकारको आग्रह

Kamal Tamang July 29, 2026
1
  • News

नेपाल चिकित्सक संघद्वारा देशव्यापी आन्दोलन घोषणा, आकस्मिक बाहेकका सेवा बन्द गर्ने

Kamal Tamang July 29, 2026
1
  • News

उद्योगीका सुझावका आधारमा कर, पूर्वाधार र नीतिगत सुधार गर्ने सरकारको संकेत : चन्द्र ढकाल

Kamal Tamang July 29, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.