Skip to content
September 13, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • News
  • Technology
  • Uncategorized

मे महिनामा भित्रिए एक लाखभन्दा बढी विदेशी पर्यटक

Kamal Tamang June 2, 2026
1
Share On:


काठमाडौँ । सन् २०२६ को मे महिनामा एक लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार मेमा एक लाख दुई हजार ६२६ विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । उक्त सङ्ख्या गत वर्षको तुलनामा १९ प्रतिशतले बढी हो ।

बोर्डका अनुसार गत वर्षको मे महिनामा ८६ हजार २१६ पर्यटक नेपाल आएका थिए । कोरोना महामारी अगाडि सन् २०१९ को मे महिनामा ७८ हजार ३२९ विदेशी नेपाल घुम्न आएका थिए ।

मे महिनामा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा बढी छिमेकी मुलुक भारतका रहेका छन् । उक्त महिनामा भारतबाट मात्र ४० हजार ७८२ पर्यटक नेपाल घुम्न आएका छन् । यस्तै, दोस्रोमा चीनबाट ११ हजार ५१४, तेस्रोमा संयुक्त राज्य अमेरिकाबाट नौ हजार एक, चौँथोमा बङ्गलादेशबाट पाँच हजार २९८ र पाँचौँमा संयुक्त अधिराज्यबाट तीन हजार ३७५ पर्यटक नेपाल घुम्न आएका छन् ।

यस्तै, क्षेत्रगत रूपमा विश्लेषण गर्दा सबैभन्दा बढी सार्क मुलुकबाट ४७.२ प्रतिशत, अन्य एसियाली मुलुकबाट १९.९ प्रतिशत, युरोपबाट १३.१ प्रतिशत, अमेरिका क्षेत्रबाट १०।३ प्रतिशत र अस्ट्रेलियारन्युजील्यान्ड क्षेत्रबाट ३.१ प्रतिशत, मध्यपूर्वबाट एक दशमलव पाँच प्रतिशत र अन्य मुलुकबाट ४.५ प्रतिशत विदेशी नेपाल आएका छन् ।

श्चिम एसियाली मुलुकमा देखिएको द्वन्द्वका कारण नेपालको पर्यटनमा केही असर देखिएको छ । तर, अन्तरराष्ट्रिय बजारमा नेपालप्रतिको बढ्दो विश्वास र पर्यटकीय गतिविधिका कारण आगामी दिनमा यो सङ्ख्या अझै बढ्ने अपेक्षा गरिएको छ ।

Post navigation

Previous: भारतले अस्वीकार गर्योे नेपाल–भारतको द्विपक्षीय विषयमा तेस्रोपक्षको संलग्नता 
Next: अमेरिकी र इरानी सेनाबीच आक्रमण र प्रतिआक्रमणः  शान्ति वार्ता ठप्प 

Related Stories

1
  • News

खाद्य निरीक्षक राखेर बजार अनुगमन गर्न सरकारको आग्रह

Kamal Tamang July 29, 2026
1
  • News

नेपाल चिकित्सक संघद्वारा देशव्यापी आन्दोलन घोषणा, आकस्मिक बाहेकका सेवा बन्द गर्ने

Kamal Tamang July 29, 2026
1
  • News

उद्योगीका सुझावका आधारमा कर, पूर्वाधार र नीतिगत सुधार गर्ने सरकारको संकेत : चन्द्र ढकाल

Kamal Tamang July 29, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.