गढीमाई गा.पा. -१ का वडा अध्यक्ष श्री राम पुकार यादव को कुशल नेतृत्व, विशेष पहल र निरन्तर समन्वयमा वडा नं. १ मा सडक, नाला तथा अन्य भौतिक पूर्वाधार निर्माणका कार्यहरू प्रभावकारी रूपमा सम्पन्न हुँदै आएका छन्। समनपुर विद्यालय गेट अगाडिको नाला सहितको पक्की ढलान निर्माण कार्य यसको एक उत्कृष्ट उदाहरण हो ।

“विकासमा पूर्वाधार, शिक्षामा गुणस्तर, स्वास्थ्यमा पहुँच र युवामा अवसर — यही हो समृद्ध वडा निर्माणको आधार। भौतिक विकाससँगै शिक्षा, स्वास्थ्य र युवा सशक्तीकरणलाई समेत समान प्राथमिकता दिँदै विद्यालयको शैक्षिक वातावरण सुधार, स्वास्थ्य सेवाको पहुँच विस्तार तथा युवाहरूलाई खेलकुद, सामाजिक तथा रचनात्मक गतिविधिमा सहभागी गराउने कार्यहरू निरन्तर अगाडि बढिरहेका’ वडा अध्यक्ष राम पुकार यादवको भनाई छ।
समृद्ध, शिक्षित, स्वस्थ र सक्षम समाज निर्माणको लक्ष्यका साथ अगाडि बढिरहेको यस अभियानमा वडा अध्यक्षको समर्पण, दूरदर्शी सोच र जनप्रतिको उत्तरदायित्व प्रशंसनीय छ।

