Skip to content
nepWordLogoTitle

Custom Ad 1
Primary Menu
  • Home
  • World
  • Technology
  • नेपाली
Light/Dark Button
  • News
  • Technology
  • Uncategorized
  • World

आज बंगलादेशसँग सेमिफाइनल खेल्दै नेपाली महिला फुटबल टोली

Kamal Tamang June 3, 2026 1 min read
1
Share On:


काठमाडौं ।  महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज बंगलादेशसँग सेमिफाइनल खेल्दैछ। भारतको गोवास्थित जवाहरलाल नेहरू स्टेडियममा हुने पहिलो सेमिफाइनलमा नेपालले दुईपल्टको डिफेन्डिङ च्याम्पियन बंगलादेशको सामना गर्न लागेको हो। खेल दिउँसो सवा ४ बजे सुरु हुनेछ।

नेपाली महिला फुटबल इतिहासकै सबैभन्दा महत्वपूर्ण खेलमध्ये एक रहनेछ।  नेपाल यही खेलमा रोकिन्छ भने त्यो प्रतियोगिताको इतिहासमै टिमको सबैभन्दा खराब प्रदर्शनमध्ये एक हुनेछ। सन् २०१६ मा एकपल्ट मात्र नेपाल सेमिफाइनलमा रोकिएको थियो। 

प्रतियोगिताका बाँकी संस्करणमा भने नेपाल उपविजेता रहेको छ। त्यस अर्थमा नेपाल छपल्ट प्रतियोगिताको दोस्रो राम्रो टिममा दरिएको छ । यसपल्ट फाइनल पुग्न नसकेको यो छवि पनि मेटिनेछ। फाइनल पुग्छ भने नेपालसामु एउटा अर्को अवसर बन्ने छ, पहिलो पटक कुनै ठूलो उपाधि जित्ने अवसर हुनेछ। प्रशिक्षक नवीन न्यौपानेले नेपाली महिला फुटबलकै लागि निकै ठूलो खेल रहेको बताएका छन्।

सेमिफाइनलको अघिल्लो दिन नेपालले बेम्बोलिमस्थित जीएमसी एथलेटिक मैदानमा बिहानी समयमा अभ्यास गरेको थियो। प्रशिक्षणपछि मिडियासामु प्रस्तुत हुने क्रममा प्रशिक्षक न्यौपानेले नेपाली टिम सेमिफाइनलका लागि पूर्णतः तयार रहेको दाबी गर्दै भने, ‘नेपाल महिला फुटबलका लागि सेमिफाइनल ठूलो होइन, निकै ठूलो खेल रहेको छ। हाम्रो टिम यो खेलका लागि शारीरिक र मानसिक रूपमा तयार छ, खासै केही ठूलो समस्या छैन। हामी यो खेललाई लिएर उत्साही पनि छौँ।’

नेपाल प्रतियोगिताको पछिल्ला दुई संस्करणको फाइनलमा बंगलादेशसँग पराजित भयो। त्यसैले नेपालसामु यी दुई फाइनलमा नै हारेको हारको बदला लिने अवसर हुनेछ, तर प्रशिक्षक न्यौपानेले भने फुटबलमा बदला भन्ने नै नहुने दाबी गरे। उनले भने, ‘हाम्रो मनमा बदला भन्ने भावना छैन । हाम्रो एक मात्र उद्देश्य प्रतियोगिताको उपाधि जित्ने हो र सेमिफाइनल त्यसअघिको खुड्किलो हो।’

बंगलादेशी टिमले भने मंगलबारको प्रशिक्षण कार्यक्रम रद्द गरेको थियो। बंगलादेशी खेलाडी सेउली अनामकी आमाको निधन भएको हुनाले टिम प्रशिक्षण कार्यक्रममा सहभागी भएन। त्यसबाहेक पछिल्लो समय बंगलादेशी महिला टिम आफैंमा विवादमा परेको छ।

कम्बोडियाबाट अघिल्लो दिन मात्र गोवा आइपुगेकी प्रीति राईले प्रशिक्षणमा सहभागी भइनन्। उनले बंगलादेशविरुद्ध सुरुदेखि खेल्ने अपेक्षा गरिएको छ। उनी आएपछि नेपाली टिमको मध्यपंक्ति प्रीतिसँगै रेनुका नगरकोटीले सम्हाल्ने छन्  

नेपालले बंगलादेशलाई सन् २०२१ यता हराउन सकेको छैन। त्यो भनेको नेपाल बंगलादेशमाथि जित निकाल्न असफल रहेको ५ वर्ष भयो। अहिलेसम्म यी दुई टिमबीच १३ खेल भएको छ। त्यसमध्ये नेपाल ६ खेलमा विजयी छ। यी सबै जित सुरुवाती १० वर्षमा निस्केको थियो।

दुई टिमबीच पछिल्ला ६ खेलमा बंगलादेश दुईपल्ट विजयी छ। दुवै जित पछिल्लो साफ च्याम्पियनसिपको फाइनलमा प्राप्त भएको हो। सन् २०२४ मा बंगलादेशले दशरथ रंगशालामा भएको उपाधि भिडन्तमा नेपाललाई हराएपछि दुई टिमबीच पहिलो पटक खेल हुन लागेको हो।प्रतियोगिताको अर्को सेमिफाइनलमा भारत र भुटान यही मैदानमा राति सवा ८ बजे भिड्नेछन्। फाइनल खेल आगामी शनिबार हुनेछ।

Post navigation

Previous: भारतका गृहमन्त्री अमित शाहसँग सभापति रवि लामिछानेको भेट
Next: प्रदेशसभा सांसद सरोज सिंहलाई ४ वर्ष जेल र ३८ लाख ५० हजार जरिवानाको फैसला

Related Stories

1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

राजनीतिक श्रेयभन्दा विकासलाई प्राथमिकता दिइएको छ : अर्थमन्त्री वाग्ले

Kamal Tamang June 5, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

कर चुहावट आशंकामा नियन्त्रणमा लिइएका इभीबारे छानबिन गर्न सरकारी टोली फिल्डमा खटियो

Kamal Tamang June 5, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा

Kamal Tamang June 5, 2026
  • 1
    राजनीतिक श्रेयभन्दा विकासलाई प्राथमिकता दिइएको छ : अर्थमन्त्री वाग्लेJune 5, 2026
  • 1
    कर चुहावट आशंकामा नियन्त्रणमा लिइएका इभीबारे छानबिन गर्न सरकारी टोली फिल्डमा खटियोJune 5, 2026
  • 1
    भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमाJune 5, 2026
  • 1
    सशस्त्र हेडक्वार्टरमा आगलागी घटनाः डीआईजीको नेतृत्वमा छानबिन समिति गठनJune 4, 2026
  • 1
    भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमाJune 4, 2026
  • 1
    रोल्पाको व्याङखोलामा गाडी दुर्घटना, तीन जनाको मृत्यु June 4, 2026

You may have missed

1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

राजनीतिक श्रेयभन्दा विकासलाई प्राथमिकता दिइएको छ : अर्थमन्त्री वाग्ले

Kamal Tamang June 5, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

कर चुहावट आशंकामा नियन्त्रणमा लिइएका इभीबारे छानबिन गर्न सरकारी टोली फिल्डमा खटियो

Kamal Tamang June 5, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा

Kamal Tamang June 5, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

सशस्त्र हेडक्वार्टरमा आगलागी घटनाः डीआईजीको नेतृत्वमा छानबिन समिति गठन

Kamal Tamang June 4, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

Our Team

Our Team
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Links

  • राजनीतिक श्रेयभन्दा विकासलाई प्राथमिकता दिइएको छ : अर्थमन्त्री वाग्ले
  • कर चुहावट आशंकामा नियन्त्रणमा लिइएका इभीबारे छानबिन गर्न सरकारी टोली फिल्डमा खटियो
  • भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
  • सशस्त्र हेडक्वार्टरमा आगलागी घटनाः डीआईजीको नेतृत्वमा छानबिन समिति गठन
  • भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd.