Skip to content
October 29, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • Uncategorized

फिलिपिन्समा ८.२ म्याग्निच्यूडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

Kamal Tamang June 8, 2026 1 minute read
1
Share On:


काठमाडौं । फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओलाई केन्द्रविन्दु बनाएर सोमबार बिहान ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पको लगत्तै फिलिपिन्स, इन्डोनेसिया र जापानसहितका एसियाली देशहरूमा सुनामी आउन सक्ने भन्दै चेतावनी जारी गरिएको छ।

अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्प सोमबार बिहान स्थानीय समय अनुसार ७ः४० बजेभन्दा केही अघि मिन्डानाओ टापुको तटीय क्षेत्रमा गएको हो। भूकम्पको धक्का कतिपय छिमेकी देशका तटीय क्षेत्रमा समेत महसुस गरिएको छ। 

शक्तिशाली भूकम्पपछि समुद्रमा ठुला छालहरू उठ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित देशका अधिकारीहरूले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन्। अमेरिकी सरकारी एजेन्सीले प्रभावित क्षेत्रका सर्वसाधारणलाई तत्काल समुद्रबाट बाहिर निस्कन र समुद्री किनार तथा बन्दरगाहहरूभन्दा टाढा सुरक्षित स्थानमा जान भनेको छ। 

यस्तै, फिलिपिन्सको भूकम्प मापन केन्द्रले समुद्री सतहभन्दा १ मिटरसम्म अग्लो छाल आउन सक्ने चेतावनी दिँदै तटीय क्षेत्रका नागरिकलाई तुरुन्तै उचाइ भएका स्थान वा भित्री भू–भागतिर स्थानान्तरण हुन आग्रह गरेको छ। इन्डोनेसियाको एजेन्सीले देशको उत्तर–पूर्वी तटीय क्षेत्र र जापानले प्रशान्त महासागरीय तटका विभिन्न भू–भागमा सुनामीको पूर्वचेतावनी एडभाइजरी जारी गर्दै नागरिकलाई सचेत रहन भनेका छन्।

Post navigation

Previous: बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति
Next: नबिल बैंकद्वारा नेपाल–भारत डिजिटल रेमिट्यान्स सेवा सुरु

Related Stories

1
  • International
  • News
  • Technology
  • Uncategorized

फिफा विश्वकप- जापानले नक आउटमा ब्राजिलसँग भिड्ने

Kamal Tamang June 26, 2026
1
  • International
  • News
  • Technology
  • Uncategorized

सरकारले अव्यवस्थित ढंगमै छोडे फेरि पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्बासीहरूकाे चेतावनी

Kamal Tamang June 26, 2026
1
  • International
  • News
  • Technology
  • Uncategorized

प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची

Kamal Tamang June 26, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.