Skip to content
September 12, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • News
  • Technology
  • Uncategorized

 प्रधानमन्त्रीको स्पष्टीकरण नआएसम्म संसद चल्न नदिने एमालेको चेतावनी

Kamal Tamang June 8, 2026
1
Share On:


काठमाडौं । प्रतिपक्ष दल नेकपा (एमाले) ले संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीले जिम्मेवारपूर्ण भूमिका खेल्नुपर्ने माग गरेको छ। संसद भवन परिसरमा सोमवार एमाले सांसद गुरु बरालले प्रधानमन्त्रीले दिएको विवादास्पद अभिव्यक्तिका सम्बन्धमा संसद्मा उपस्थित भएर चित्तबुझ्दो जवाफ नदिएसम्म सदनको कामकारबाही अघि बढ्न नसक्ने स्पष्ट पारे।सांसद बरालकाअनुसार प्रतिपक्षले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति कि त पुष्टि हुनुपर्ने कि त सच्चाइनुपर्ने मागलाई आफ्नो मुख्य शर्त बनाएको छ।

संसदको समय बहुमूल्य रहेको र विनियोजन विधेयकका विभिन्न विषयमा छलफल गर्नुपर्ने जिम्मेवारीप्रति प्रतिपक्ष सचेत रहेको उल्लेख गर्दै उहाँले देशको सीमाना र राष्ट्रियतासँग जोडिएका गम्भीर विषयमा सरकार मौन बस्न नहुने बताए।

परराष्ट्रमन्त्री र अन्य दलका नेताहरू विदेश भ्रमणबाट फर्किसक्दा समेत प्रधानमन्त्रीले आफ्नो भूल स्वीकार नगरेको वा अभिव्यक्तिको पुष्टि नगरेका कारण संसद् अवरुद्ध हुन पुगेको उनको तर्क छ।बिहान बसेको सर्वदलीय बैठक र प्रमुख सचेतकहरूको संयुक्त बैठकमा समेत एमालेले सोही धारणा राखेको उनले जानकारी दिए।

Post navigation

Previous: २० अंक घट्यो सेयर बजार, डेढ अर्ब खुम्चियो कारोबार
Next: सुदूरपश्चिममा ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ

Related Stories

1
  • News

खाद्य निरीक्षक राखेर बजार अनुगमन गर्न सरकारको आग्रह

Kamal Tamang July 29, 2026
1
  • News

नेपाल चिकित्सक संघद्वारा देशव्यापी आन्दोलन घोषणा, आकस्मिक बाहेकका सेवा बन्द गर्ने

Kamal Tamang July 29, 2026
1
  • News

उद्योगीका सुझावका आधारमा कर, पूर्वाधार र नीतिगत सुधार गर्ने सरकारको संकेत : चन्द्र ढकाल

Kamal Tamang July 29, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.