Skip to content
July 29, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • News
  • Technology
  • Uncategorized

निजी क्षेत्रलाई विद्युत् उत्पादनसँगै व्यापार र प्रसारणमा पनि सहभागी गराउनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

Kamal Tamang June 12, 2026
1
Share On:


काठमाडौं ।  ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री बिराज भक्त श्रेष्ठले सुशासन र परिवर्तनप्रति जनअपेक्षा उच्च रहेको हुनाले त्यसलाई सम्बोधन गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

इप्पानको २६ औं साधारण सभा तथा ८ औं अधिवेशनमा बोल्दै उनले अब आउने नयाँ नेतृत्वले विद्युत् उत्पादनसँगै विद्युत् व्यापार र प्रसारण क्षेत्रमा पनि निजी क्षेत्रलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरेका हुन् ।

उनले भने, ‘अब आउने ईप्पानको नयाँ नेतृत्व विद्युत् उत्पादनसँगै व्यापार र प्रसारण क्षेत्रमा पनि निजी क्षेत्रलाई अब्बल बनाउँछ भनेर विश्वास लिएको छु । सुशासन र परिवर्तनप्रति जनअपेक्षा उच्च छ । यसलाई सम्बोधन गर्न वर्तमान सरकार प्रतिबद्ध छ ।’

सार्वजनिक सेवा प्रवाहलाई थप गतिशील र नागरिकमैत्री बनाउने उद्देश्यसहित सरकारले अघि सारेको १०० बुँदे कार्यसूचीले सरकारका प्राथमिकताहरू स्पष्ट रूपमा प्रतिबिम्बित गरेको उनको भनाइ छ ।

उनले भने, ‘सार्वजनिक सेवा प्रवाह गतिशील बनाउँदै र नागरिकमैत्री कार्य गर्ने सरकारको १०० बुँदे कार्यसूचीले सरकारको प्राथमिकता प्रतिबिम्बित गरी सकेको छ । यसको कार्यान्वयन गर्न र परिणाममूखी बनाउन ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालय थप ३२ बुँदे निर्देशन मार्फत आफ्नो मार्ग चित्र तयार पारेको छ ।’

उनले अहिले ऊर्जा क्षेत्रको रूपान्तरणको महत्वपूर्ण चरणमा रहेको बताए । उनले विद्युत् उत्पादनसँगै विद्युत् व्यापार र प्रसारण लाइन विकासमा निजी क्षेत्रको सहभागिताका लागि सरकारले आवश्यक नीतिगत व्यवस्था गरिसकेको उल्लेख गरे ।

Post navigation

Previous: पुँजीगत खर्चको एक प्रतिशत नवप्रवर्तनमा विनियोजन गर्न मन्त्री पुनको आग्रह
Next: गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा सांसदहरूकोे जोड

Related Stories

1
  • News

खाद्य निरीक्षक राखेर बजार अनुगमन गर्न सरकारको आग्रह

Kamal Tamang July 29, 2026
1
  • News

नेपाल चिकित्सक संघद्वारा देशव्यापी आन्दोलन घोषणा, आकस्मिक बाहेकका सेवा बन्द गर्ने

Kamal Tamang July 29, 2026
1
  • News

उद्योगीका सुझावका आधारमा कर, पूर्वाधार र नीतिगत सुधार गर्ने सरकारको संकेत : चन्द्र ढकाल

Kamal Tamang July 29, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.