Skip to content
nepWordLogoTitle

Custom Ad 1
Primary Menu
  • Home
  • World
  • Technology
  • नेपाली
Light/Dark Button
  • News
  • Technology
  • Uncategorized
  • World

अमेरिका र इरानबिच युद्धविरामको सहमतिः शुक्रबार औपचारिक रूपमा हस्ताक्षर गर्ने कार्यक्रम

Kamal Tamang June 15, 2026 1 min read
1
Share On:

काठमाडौं ।  अमेरिका र इरानबिच चलिरहेको युद्ध अन्त्य गर्न दुवै देशका अधिकारीहरू एउटा प्रारम्भिक सहमतिमा पुगेका छन्। आइतबार भएको यस सहमतिअनुसार अमेरिकाले इरानमाथि लगाएको नाकाबन्दी हटाउने र स्ट्रेट अफ होर्मुज पुनः खुला गरिनेछ। यस प्रारम्भिक सम्झौतासँगै विश्वबजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ तर इरानको परमाणु कार्यक्रमको भविष्य भने आगामी वार्ताहरूबाट मात्रै टुङ्गो लाग्नेछ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टनको स्थानीय समयअनुसार आइतबार साँझ साढे ५ बजे आफ्नो सोसल मिडिया प्लेटफर्म ‘ट्रुथ सोसल’मा लेखेका छन्, ‘इस्लामिक गणतन्त्र इरानसँगको सम्झौता अब पूरा भएको छ।’ ट्रम्पको यो भनाइ आउनुअघि यस वार्तामा मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले सोमबार बिहानै सम्झौता भएको घोषणा गरेका थिए। यो समझदारी पत्रमा आगामी शुक्रबार स्विट्जरल्यान्डमा औपचारिक रूपमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको छ।

सम्झौताका विस्तृत सर्तहरू तत्काल सार्वजनिक गरिएका छैनन्। तर पाकिस्तानी प्रधानमन्त्री सरिफले सामाजिक सञ्जाल एक्समा लेखेअनुसार यस सम्झौताले लेबनानसहित सबै मोर्चाहरूमा भइरहेका सैन्य कारबाहीहरूलाई तत्काल र स्थायी रूपमा बन्द गर्न आह्वान गरेको छ। पछिल्ला हप्ताहरूमा ट्रम्पलगायत अन्यको आग्रहलाई बेवास्ता गर्दै इजरायल र हिज्बुल्लाहले एकअर्काविरुद्ध आक्रमण जारी राखेका कारण लेबनान वार्ताको एउटा जटिल बिन्दु बनेको थियो।

यसैबिच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयले एक विज्ञप्ति जारी गर्दै लेबनानसहित सबै मोर्चाहरूमा सोमबार रातिदेखि युद्ध र सैन्य कारबाही स्थायी रूपमा अन्त्य हुने जनाएको छ। यद्यपि, अमेरिका(इरान वार्तामा आफू संलग्न नरहेको बताउँदै आएको इजरायलले भने यस घोषणाप्रति तत्काल कुनै प्रतिक्रिया जनाएको छैन।

ट्रम्पले महिनौँदेखि इरानले बन्द गरेको विश्वव्यापी तेल र ग्यास आपूर्तिको प्रमुख समुद्री मार्ग स्ट्रेट अफ होर्मुज शुक्रबार खुल्ने बताएका छन्। साथै उनले इरानी बन्दरगाहहरूमा लगाइएको अमेरिकी नाकाबन्दी अन्त्य गर्न आदेश दिएको पनि जानकारी दिए। 

ट्रम्पले लेखेका छन्, ‘विश्वका पानीजहाजहरू, आफ्नो इन्जिन सुरु गर। अब तेल बग्न देउ१’ यो खबरसँगै तेलको मूल्य घटेको छ। सोमबारको सुरुवाती कारोबारमा ब्रेन्ट क्रुड फ्युचर्स ४ प्रतिशतले घट्यो भने अमेरिकी वेस्ट टेक्सास इन्टरमिडियट ४।६ प्रतिशतभन्दा बढीले ओरालो लाग्यो। यसैबिच एसियाली सेयर बजारमा भने उछाल आएको छ।

बाइडेन प्रशासनका पूर्व विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले ट्रम्पले युद्ध सुरु गर्नुअघिको अवस्थामा फर्किन इरानलाई महत्त्वपूर्ण छुट दिएको भन्दै आलोचना गरे। उनले भने, ‘परमाणु कार्यक्रमलाई सम्बोधन गरिनेछ भन्ने हामीलाई कुनै ग्यारेन्टी छैन, तर इरानले विश्व अर्थतन्त्रलाई बन्धक बनाएर अमेरिकाबाट केही प्राप्त गर्न सक्छ भन्ने कुरा विश्वलाई देखाएको छ।’ 

इरानका उपविदेशमन्त्री काजेम गरिबाबाडीले ६० दिने युद्धविरामको अवधिमा इरानमाथिको प्रतिबन्ध फुकुवा गर्नेलगायतका थप विस्तृत सम्झौतामा वार्ता हुने बताएका छन्। रोयटर्सका अनुसार इरानको परमाणु कार्यक्रमको जटिल विषय पनि तिनै आगामी वार्ताहरूमा उठाइनेछ।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायली सेनाले इरानमाथि पहिलो आक्रमण गरेयता इरान र लेबनानमा हजारौँ मानिस मारिएका छन्। इरानले पनि इजरायल र अमेरिकी बेस क्याम्प रहेका खाडी देशहरूमा आक्रमण गर्नुका साथै स्ट्रेट अफ होर्मुज बन्द गरेर विश्वव्यापी ऊर्जाको मूल्य बढाइदिएको थियो। 

Post navigation

Previous: ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा, ७५ वर्षमाथिकालाई पोषण भत्ता दिने महानगरको घोषणा
Next: अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनी दर्शन गरि आज काठमाडौं आउँदै

Related Stories

1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

चिया उद्योग संकटमा पर्दा सरकार मौन : सांसद राई

Kamal Tamang June 17, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय भावनामाथि चोट पुग्यो : सांसद राना

Kamal Tamang June 17, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार सुरुवात

Kamal Tamang June 17, 2026
  • 1
    चिया उद्योग संकटमा पर्दा सरकार मौन : सांसद राईJune 17, 2026
  • 1
    प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय भावनामाथि चोट पुग्यो : सांसद रानाJune 17, 2026
  • 1
    मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार सुरुवातJune 17, 2026
  • 1
    सभामुखको आचरणमाथि कांग्रेस सांसद यादवको टिप्पणी, रास्वपाको आपत्तिJune 17, 2026
  • 1
    माउन्ट एभरेष्ट पावरको आईपीओ बिक्री खुला, आजदेखि आवेदन दिन सकिनेJune 17, 2026
  • 1
    इन्डोनेसियामा ६.७ म्याग्निच्युडको भूकम्पJune 16, 2026

You may have missed

1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

चिया उद्योग संकटमा पर्दा सरकार मौन : सांसद राई

Kamal Tamang June 17, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय भावनामाथि चोट पुग्यो : सांसद राना

Kamal Tamang June 17, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार सुरुवात

Kamal Tamang June 17, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

सभामुखको आचरणमाथि कांग्रेस सांसद यादवको टिप्पणी, रास्वपाको आपत्ति

Kamal Tamang June 17, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

Our Team

Our Team
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Links

  • चिया उद्योग संकटमा पर्दा सरकार मौन : सांसद राई
  • प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय भावनामाथि चोट पुग्यो : सांसद राना
  • मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार सुरुवात
  • सभामुखको आचरणमाथि कांग्रेस सांसद यादवको टिप्पणी, रास्वपाको आपत्ति
  • माउन्ट एभरेष्ट पावरको आईपीओ बिक्री खुला, आजदेखि आवेदन दिन सकिने
Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd.