Skip to content
September 17, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • News
  • Technology
  • Uncategorized

रास्वपा महाधिवेशन : प्रतिनिधि रुजु र कार्ड छपाइमा भएको ढिलाइप्रति महामन्त्री बुर्लाकोटीको चासो

Kamal Tamang June 23, 2026 1 minute read
1
Share On:

काठमाडौँ ।  चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र प्रतिनिधिहरूको नामावली रुजु र परिचयपत्र (कार्ड) छपाइमा भएको ढिलाइका कारण प्रभावित भएको छ।

महाधिवेशन प्रतिनिधि व्यवस्थापन उपसमिति र निर्वाचन आयोगले प्रतिनिधिहरूको नाम रुजु तथा कार्ड वितरण कार्य निर्धारित समयमा सम्पन्न गर्न नसकेको भन्दै प्रतिनिधिसमक्ष क्षमायाचना गरेका छन्। 

पूर्वनिर्धारित तालिकाअनुसार असार ७ गतेभित्र प्रतिनिधि नामावली रुजु सम्पन्न गरी असार ८ गते बिहानदेखि परिचयपत्र वितरण गर्ने योजना थियो। तर कार्य सम्पन्न गर्न अपेक्षाभन्दा बढी समय लागेपछि प्रतिनिधि दर्ता प्रक्रिया प्रभावित भएको हो।

प्रतिनिधि रुजु र कार्ड छपाइमा भएको ढिलाइ भएसँगै रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले चासो दिएका छन्। उनले गएराति बेलुका अबेरसम्म निर्वाचन आयोगको कार्यालयमा बसेर आवश्यक निर्देशन दिएका थिए। दर्ता प्रक्रिया छिटो सम्पन्न गरी प्रतिनिधिहरूलाई सहज रूपमा सहभागिता गराउने प्रयास भइरहेको जनाइएको छ। 

रास्वपाका एक नेताले भने, ‘प्रतिनिधि रुजु र कार्ड छपाइमा भएको ढिलाइलाई तीव्रता दिन रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटी हिजो बेलुका अबेरसम्म निर्वाचन आयोगको कार्यालयमा बसेर आवश्यक निर्देशन दिएर भोलिपल्ट बिहान प्रतिनिधि दर्ता सुनिश्चित हुने देखेपछि बाहिरिनु भएको थियो । तर पनि आज बिहान कति बजेबाट प्रतिनिधि रजिस्ट्रेसन सुरु हुन्छ यकिन गरी सूचना अझै आएको छैन।’

ढिलाइका कारण महाधिवेशनको बन्दसत्र एक दिन पर सरिसकेको छ। अब प्रतिनिधि रुजु र कार्ड छपाइ प्रक्रिया पूरा भएपछि प्रतिनिधि रजिस्ट्रेसन सुरु गरेर बन्दसत्र सुरु हुने छ ।
यसबारेमा महामन्त्री बुर्लाकोटीसँग सम्पर्क गर्दा प्रतिनिधिहरूको डिजिटल कार्ड प्रिन्ट भएर आउन समय लाग्ने भए अस्थायी रजिस्ट्रेसन प्रवेश कुपनबाट प्रतिनिधि रजिस्ट्रेसन गर्न निर्देशन र आवश्यक समन्वय गरेको जानकारी दिए । 

निर्वाचन आयोग र प्रतिनिधि व्यवस्थापन उपसमितिबाट प्रतिनिधि दर्ता सम्बन्धी एकिन समय प्राप्त नभएको समेत उनले जानकारी दिए । 

Post navigation

Previous: चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब
Next: इरानलाई अन्तर्राष्ट्रिय बजारमा तेल बेच्न अमेरिकाले दियो अनुमति

Related Stories

1
  • News

खाद्य निरीक्षक राखेर बजार अनुगमन गर्न सरकारको आग्रह

Kamal Tamang July 29, 2026
1
  • News

नेपाल चिकित्सक संघद्वारा देशव्यापी आन्दोलन घोषणा, आकस्मिक बाहेकका सेवा बन्द गर्ने

Kamal Tamang July 29, 2026
1
  • News

उद्योगीका सुझावका आधारमा कर, पूर्वाधार र नीतिगत सुधार गर्ने सरकारको संकेत : चन्द्र ढकाल

Kamal Tamang July 29, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.