Skip to content
September 12, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • News
  • Technology
  • Uncategorized

दोस्रो चरणका खेल सकिँदा ७ टोली पुगे नकआउट चरणमा, २५ बाँकी

Kamal Tamang June 24, 2026 1 minute read
1
Share On:

काठमाडौं : फिफा विश्वकप २०२६ को समूह चरण अन्तर्गत दोस्रो चरणका खेलहरू समाप्त भएसँगै नकआउट (राउन्ड अफ ३२) को समीकरण रोमाञ्चक मोडमा पुगेको छ। 

४८ टोली सहभागी यस ऐतिहासिक विश्वकपमा दुई खेलबाट स्पष्ट ६ अंक जोड्दै ७ वटा राष्ट्रले एक खेल अगावै नकआउट चरणमा स्थान पक्का गरेका छन् भने साविक विजेता अर्जेन्टिना र दुई आयोजक राष्ट्र अघिल्लो चरण प्रवेश गरिसकेका छन्।

आयोजक देशहरू मेक्सिको र संयुक्त राज्य अमेरिका (यूएसए) ले लगातार दोस्रो जित दर्ता गर्दै घरेलु मैदानमा अन्तिम ३२ को टिकट काटेका हुन्। 

मेक्सिकोले समूह ‘A’ मा र अमेरिकाले समूह ‘D’ मा दबदबा कायम राखे। साविक विजेता अर्जेन्टिनाले लियोनेल मेस्सीको कप्तानीमा उत्कृष्ट प्रदर्शन गर्दै समूह ‘J’ बाट नकआउट यात्रा तय गर्‍यो । फ्रान्स, जर्मनी, नर्वे र कोलोम्बिया पनि लगातार दुई जितसहित अघिल्लो चरण प्रवेश गर्ने टोली बनेका छन्।

Norway-1782276087.jpg

यस पटकको विस्तारित ढाँचा अनुसार प्रत्येक समूहका शीर्ष दुई टोलीसँगै तेस्रो स्थान हासिल गर्ने उत्कृष्ट आठ टोली पनि नकआउट चरणमा पुग्ने प्रावधान छ। 

USA-1782276087.jpg

४ अंक जोडेका ब्राजिल, इङ्ल्यान्ड, पोर्चुगल, स्पेन, नेदरल्यान्ड्स र जापान जस्ता फुटबलका पावरहाउसहरू बलियो स्थितिमा रहे पनि गणितीय रूपमा ढुक्क हुन बाँकी छ।

Argentina-1781654526.jpg

अर्कोतर्फ, केही पूर्व उपविजेता तथा बलिया टोलीहरू भने संकटमा परेका छन्। क्रोएसिया, बेल्जियम र दक्षिण अफ्रिका जस्ता टोलीहरूका लागि समूह चरणको अन्तिम खेल गर या मरकोको स्थितिमा पुगेको छ। लगातार दुई हार बेहोरेका हाइटी, टर्की र ट्युनिसिया भने समूह चरणको एक खेल बाँकी छँदै प्रतियोगिताबाट बाहिरिइसकेका छन्।France-1782276087.JPG
 

समूह चरणका अन्तिम तथा निर्णायक खेलहरू आज रातिदेखस सुरु हुँदैछन्। खेलमा हुनसक्ने सम्भावित मिलेमतो र दाउपेच रोक्न फिफाको नियम अनुसार एउटै समूहका अन्तिम दुई खेलहरू एकै समयमा खेलाइनेछ। 

तेस्रो स्थानमा रहने टोलीहरूका लागि गोल अन्तर निर्णायक बन्ने हुँदा आगामी खेलहरू झन् प्रतिस्पर्धात्मक र रोचक हुने अपेक्षा गरिएको छ। 

Post navigation

Previous: रास्वपा महाधिवेशनः विदेशमा रहेका प्रतिनिधिलाई मोबाइलबाटै मतदान गर्ने व्यवस्था
Next: रुसी र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन वार्ताको तयारी

Related Stories

1
  • News

खाद्य निरीक्षक राखेर बजार अनुगमन गर्न सरकारको आग्रह

Kamal Tamang July 29, 2026
1
  • News

नेपाल चिकित्सक संघद्वारा देशव्यापी आन्दोलन घोषणा, आकस्मिक बाहेकका सेवा बन्द गर्ने

Kamal Tamang July 29, 2026
1
  • News

उद्योगीका सुझावका आधारमा कर, पूर्वाधार र नीतिगत सुधार गर्ने सरकारको संकेत : चन्द्र ढकाल

Kamal Tamang July 29, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.