Skip to content
July 29, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • News

इरानलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनीः ध्वस्त पारिदिन्छु

Kamal Tamang June 28, 2026 1 minute read
1
Share On:

काठमाडौंः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम उल्लंघन जारी रहे इरानको अस्तित्व समाप्त हुने चेतावनी दिएका छन्। ट्रम्पको यो चेतावनी अमेरिकाले इरानमाथि गरेको पछिल्लो सैन्य आक्रमणपछि आएको हो।

अमेरिकी सेनाले पानामाको झण्डा बोकेको एक तेल ट्यांकरलाई इरानले निशाना बनाएपछि त्यसको जवाफस्वरूप इरानमाथि आक्रमण गरिएको दाबी गरेको छ।

ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत युद्धविराम सम्झौता पुनः उल्लंघन भएपछि अमेरिकी लडाकु विमानले इरानका मिसाइल र ड्रोन भण्डारण केन्द्र तथा राडार प्रणालीलाई लक्षित गरी आक्रमण गरेको बताएका छन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘युद्धविराम सम्झौता पुनः उल्लंघन भएपछि अमेरिकी लडाकु विमानहरूले इरानका मिसाइल र ड्रोन भण्डारण केन्द्र तथा राडार प्रणालीलाई लक्षित गरी आक्रमण गरेका छन्।’

उनले थप भने, ‘उनीहरूले कहिल्यै पाठ नसिक्ने सम्भावना पनि पूर्ण रूपमा छ। यस्तो समय आउन सक्छ, जब हामी संयम अपनाउने अवस्थामा रहने छैनौँ र हामीले सफलतापूर्वक सुरु गरेको कामलाई सैन्य बल प्रयोग गरेर पूरा गर्न बाध्य हुन सक्छौँ।’

ट्रम्पले युद्धविराम उल्लंघन जारी रहे अमेरिकाले थप सैन्य कारबाही गर्नसक्ने चेतावनी दिँदै त्यसो भए इस्लामिक गणतन्त्र इरानको अस्तित्व नै समाप्त हुनसक्ने दाबी गरेका छन्। ट्रम्पले चेतावनी दिँदै भनेका छन्, ‘यदि त्यस्तो अवस्था आयो भने इस्लामिक गणतन्त्र इरानको अस्तित्व रहने छैन।’

Post navigation

Previous: विश्वकपमा मेस्सीको गोल संख्या १९ पुग्यो
Next: श्रम संस्कृतिको प्रश्न : प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहितमा थियो ?

Related Stories

1
  • News

खाद्य निरीक्षक राखेर बजार अनुगमन गर्न सरकारको आग्रह

Kamal Tamang July 29, 2026
1
  • News

नेपाल चिकित्सक संघद्वारा देशव्यापी आन्दोलन घोषणा, आकस्मिक बाहेकका सेवा बन्द गर्ने

Kamal Tamang July 29, 2026
1
  • News

उद्योगीका सुझावका आधारमा कर, पूर्वाधार र नीतिगत सुधार गर्ने सरकारको संकेत : चन्द्र ढकाल

Kamal Tamang July 29, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.