Skip to content
July 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • News
  • Social

सार्वजनिक खरिद ऐन संशोधन सुशासन र प्रतिस्पर्धा प्रवद्र्धनका लागि आवश्यक : सोविता गौतम

Kamal Tamang June 28, 2026
1
Share On:

काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेस गरेकी छन् । प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुनमन्त्री गौतमले प्रतिवेदन प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरेकी हुन् ।

गौतमले सार्वजनिक खरिद प्रक्रियालाई थप पारदर्शी, प्रतिस्पर्धी र जवाफदेही बनाउन सार्वजनिक खरिद ऐन संशोधन आवश्यक रहेको बताइन् ।

सार्वजनिक खरिदसम्बन्धी कार्यविधि, प्रक्रिया तथा निर्माण प्रणालीमा थप प्रतिस्पर्धा र स्वच्छता कायम गर्न ऐन संशोधन प्रस्ताव गरेकी छन् ।

उनले सार्वजनिक खर्चको अधिकतम प्रतिफल हासिल गर्न, इमानदारी र जवाफदेहितालाई प्रवद्र्धन गर्न तथा सार्वजनिक निकायले मालसामान, परामर्श सेवा, निर्माण कार्य र अन्य सेवा खरिद गर्दा उत्पादक, विक्रेता, आपूर्तिकर्ता, निर्माण व्यवसायी तथा सेवा प्रदायकलाई बिना कुनै भेदभाव समान अवसर सुनिश्चित गर्नुपर्ने बताइन् ।

उनले सुशासनको प्रत्याभूति गर्ने उद्देश्यसहित सार्वजनिक खरिद ऐनमा रहेका व्यवस्थाहरू परिमार्जन गर्न सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ प्रस्ताव गरेको बताइन् ।

Post navigation

Previous: श्रम संस्कृतिको प्रश्न : प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहितमा थियो ?
Next: शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र ‘डिजिटल’ प्रविधिसँग जोड्नुपर्नेमा उपराष्ट्रपतिको जोड

Related Stories

1
  • News

आन्दोलनरत करार, ज्यालादारी र अस्थायी कर्मचारीसँग सरकारले गर्‍यो मौखिक सहमति

Kamal Tamang July 16, 2026
1
  • News
  • Political

राजनीतिक दलको संलग्नता भए रेडक्रसबाट अलग हुनुहोस् : नेपाल रेडक्रस सोसाइटी

Kamal Tamang July 2, 2026
1
  • News
  • Political
  • Social

अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ

Kamal Tamang July 2, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.