Skip to content
July 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • Political

कांग्रेस कोशीले तत्काल मन्त्री फिर्ता नबोलाउने

Kamal Tamang July 16, 2026 1 minute read
2
Share On:

नेपाली कांग्रेस कोशीले प्रदेश सरकारबाट तत्काल मन्त्रीहरू फिर्ता नबोलाउने भएको छ।कांग्रेस कोशी प्रदेश कार्यदलको बिहीबार विराटनगर बसेको बैठकले तत्काल मन्त्री फिर्ता नबोलाउने, कानुनी परामर्श र केन्द्रसँग समन्वय गरेर थप कदम चाल्ने निर्णय गरेको हो।

प्रमुख सचेतक गोपाल तामाङले दिएको जानकारीअनुसार थप निर्णयका लागि संसदीय दलका नेता उद्वव थापालाई अधिकार दिइएको छ।

अन्यत्रको सरकार जस्तो १६८ (२) को नभएर कोशीमा १६८ (५) को भएकोले थप कानुनी परामर्श गर्ने कांग्रेसले जनाएको छ। यो उपधारा अनुसार बहुमत जुटाउने प्रदेश सभा सदस्य मुख्यमन्त्री बन्ने प्रावधान छ।

सोहीअनुसार कांग्रेस समर्थनमा एमालेका हिक्मत कार्की अहिले मुख्यमन्त्री छन्।कांग्रेसले प्रदेश सरकारमा नेकपा एमालेसँग यसअघि गरेका गठबन्धनलाई निरन्तरता नदिने तयारी गरेको छ।

सोअनुसार कर्णालीलगायत प्रदेश सरकारबाट कांग्रेस मन्त्रीहरू बाहिरिएका पनि छन्।कांग्रेसले सकेसम्म आफ्नै नेतृत्वमा सरकार बनाउने, नेतृत्व छाड्ने अवस्थामा नेकपासँग गठबन्धन गर्ने तयारी गरेको छ।अहिले कांग्रेस नेतृत्वमा सुदूरपश्चिम, गण्डकी, बागमती र मधेस प्रदेश सरकार छ।

Post navigation

Previous: आन्दोलनरत करार, ज्यालादारी र अस्थायी कर्मचारीसँग सरकारले गर्‍यो मौखिक सहमति
Next: मुद्दा नटुंगिंदासम्म सम्पत्ति जाँचबुझका सबै कामकारबाही हाललाई रोक्न सवोच्चको आदेश

Related Stories

3
  • Political

मुद्दा नटुंगिंदासम्म सम्पत्ति जाँचबुझका सबै कामकारबाही हाललाई रोक्न सवोच्चको आदेश

Kamal Tamang July 16, 2026
1
  • News
  • Political

राजनीतिक दलको संलग्नता भए रेडक्रसबाट अलग हुनुहोस् : नेपाल रेडक्रस सोसाइटी

Kamal Tamang July 2, 2026
1
  • News
  • Political
  • Social

अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ

Kamal Tamang July 2, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.