Skip to content
July 29, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • News
  • Political
  • Social

अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ

Kamal Tamang July 2, 2026
1
Share On:


काठमाडौँ । कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्।उनी बिहीबार बिहान ७ बजेतिर भिमदत्त नगरपालिका–१८ बाट पक्राउ परेका हुन्।अदालतको फैसला कार्यान्वयनका लागि भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी टेकबहादुर रावतले जानकारी दिए।जिल्ला अदालत कञ्चनपुरले भण्डारीलाई २०८२ जेठ १ गते गाली बेइज्जती मुद्दामा १ महिना कैद सजाय र १० हजार जरिवानाको फैसला सुनाएको थियो।

कञ्चनपुरकै किरण विष्टले उनीविरूद्ध गालीबेइज्जती मुद्दा दायर गरेका थिए। जिल्लाको फैसलाविरूद्ध भण्डारी उच्च अदालत गएका थिए। उच्च अदालत दिपायलको महेन्द्रनगर धनगढी इजलासले गत चैत २२ गते जिल्ला अदालतकै फैसला सदर गरी कैद सजाय ७ दिन कैद र २ हजार १०० थपिदिएको थियो।सोही फैसला कार्यान्वयन गर्न पत्रकार भण्डारीलाई पक्राउ गरिएको डिएसपी रावतले बताए।पक्राउपछि प्रहरी हिरासतमा राखिएका भण्डारीलाई केही बेरमा अदालतमा पेस गर्ने तयारी रहेको डिएसपी रावतले जानकारी दिए।

कञ्चनपुरका प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीका अनुसार निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा आफूलाई जोडेर भ्रामक समाचार लेखेको भनेर किरण विष्टले खेम भण्डारीविरूद्ध मुद्दा दायर गरेका थिए।

किरण २०७५ साउन १० गते निर्मला पन्तको बलात्कारपछि हत्या हुँदा कञ्चपुरका एसपी रहेका दिल्लीराज विष्टका छोरा हुन्। उनी पनि पत्रकार नै हुन्।
उच्चले जिल्लाको आदेश सदर गरेको झन्डै साढे २ महिनापछि प्रहरीले भण्डारीलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालत उपस्थित गराउन लागेको हो।

Post navigation

Previous: खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान
Next: राजनीतिक दलको संलग्नता भए रेडक्रसबाट अलग हुनुहोस् : नेपाल रेडक्रस सोसाइटी

Related Stories

1
  • News

खाद्य निरीक्षक राखेर बजार अनुगमन गर्न सरकारको आग्रह

Kamal Tamang July 29, 2026
1
  • News

नेपाल चिकित्सक संघद्वारा देशव्यापी आन्दोलन घोषणा, आकस्मिक बाहेकका सेवा बन्द गर्ने

Kamal Tamang July 29, 2026
1
  • News

उद्योगीका सुझावका आधारमा कर, पूर्वाधार र नीतिगत सुधार गर्ने सरकारको संकेत : चन्द्र ढकाल

Kamal Tamang July 29, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.