Skip to content
July 29, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • News

आन्दोलनरत करार, ज्यालादारी र अस्थायी कर्मचारीसँग सरकारले गर्‍यो मौखिक सहमति

Kamal Tamang July 16, 2026
1
Share On:

काठमाडौं । सरकार र करार, ज्यालादारी र अस्थायी कर्मचारी बीचमा मौखिक सहमति भएको छ ।सरकारले आउटसोर्सिङबाट कर्मचारी राख्न करार, ज्यालादारी र अस्थायी कर्मचारी हटाउने तयारी गरेपछि त्यसविरुद्ध श्रेणीविहीन कर्मचारी आन्दोलनमा उत्रेका थिए ।

मंगलबार र बुधबार विरोधमा उत्रिएका श्रेणीविहीन कर्मचारीसँग बुधबार साँझ सरकारले मौखिक सहमति गरेको छ ।प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा मौखिक सहमति बनेपछि श्रेणीविहीन कर्मचारीले आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित गरेका छन् ।

अस्थायी, करार र ज्यालादारी कर्मचारी संयुक्त, संघर्ष समितिका संयोजक श्याम सापकोटाले सेवालाई निरन्तरता दिने गरी सहमति भएको जानकारी गराए । सापकोटाले भने, ‘आउट सोर्सिङबाट कर्मचारी नराख्ने मौखिक सहमति भएको छ । सेवा सुविधा एकमुष्ट दिने कुरा भएको छ । बहिर्गमन गर्नुपर्नेलाई सम्मानजनक विदाइ गर्ने सहमति भएको छ ।’आन्दोलनरत श्रेणीविहीन कर्मचारीले निजामति कर्मचारी सरह भत्ताको व्यवस्था हुनुपर्ने माग पनि राखेका छन् ।

संघर्ष समितिका अध्यक्ष सापकोटाका अनुसार हालसम्म कुनै व्यवस्था नभएको हुँदा यो विषयमा मन्त्रिपरिषद्ले निर्णय गर्ने गरी मौखिक सहमति बनेको छ ।
करार, ज्यालादारी र अस्थायी गरी कुल ५७ हजार कार्यरत रहेको श्रेणीविहीन कर्मचारीहरूले जानकारी गराएका छन् ।संघमा १४ हजार, प्रदेशमा ८ हजार र स्थानीय तहमा ३५ हजार श्रेणीविहीन कर्मचारी छन् ।

सरकारले खर्च कटौती र सेवाप्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले करार, ज्यालादारी र अस्थायीलाई हटाउने तयारी गरेको थियो । नयाँ आर्थिक वर्ष सुरु भएसँगै ९१ साउन० श्रेणीविहीन कर्मचारीलाई हटाउन लागेपछि संघर्ष समिति बनाएर उनीहरू आन्दोलनमा उत्रिएका थिए ।

मंगलबार सामान्य प्रशासन मन्त्रीलाई भेटेका उनीहरूले त्यसैदिन अर्थ मन्त्रालयमा विरोध प्रदर्शन गरेका थिए । बुधबार सामान्य प्रशासन मन्त्रालयमा उनीहरूले विरोध गरेका थिए ।प्रधानमन्त्री कार्यालयले श्रेणीविहीन कर्मचारीलाई बुधबार साँझ वार्ताका लागि बोलाएको थियो । प्रधानमन्त्री कार्यालयमा भएको दुई पक्षीय वार्तामा समयोजित भएका श्रेणीविहीन कर्मचारीहरूको व्यवस्थापन सामानय प्रशासन मन्त्रालयले गर्ने गरी सहमति जुटेको छ ।

श्रेणीविहीन कर्मचारीहरूका अनुसार २५ वर्ष भन्दा बढी सेवा अवधि गर्नेहरू पनि ज्याला, करार र अस्थायी कर्मचारीका रूपमा कार्यरत छन् ।बुधबारको सहमति अनुसार मन्त्रिपरिषद्ले उनीहरूको हकमा निर्णय गर्ने वचन श्रेणीविहीन कर्मचारीहरूलाई दिइएको छ ।सरकारले गरेको सहमति कार्यान्वयन नभए आन्दोलन निरन्तर हुने संघर्ष समितिका अध्यक्ष सापकोटाले बताए ।उनी भन्छन्, ‘हामीसँग गरेको सहमति अनुसार सरकारले निर्णय गर्‍यो भने आन्दोलन रोक्छौं । होइन भने निरन्तर हुन्छ ।’

Post navigation

Previous: राजनीतिक दलको संलग्नता भए रेडक्रसबाट अलग हुनुहोस् : नेपाल रेडक्रस सोसाइटी
Next: कांग्रेस कोशीले तत्काल मन्त्री फिर्ता नबोलाउने

Related Stories

1
  • News

खाद्य निरीक्षक राखेर बजार अनुगमन गर्न सरकारको आग्रह

Kamal Tamang July 29, 2026
1
  • News

नेपाल चिकित्सक संघद्वारा देशव्यापी आन्दोलन घोषणा, आकस्मिक बाहेकका सेवा बन्द गर्ने

Kamal Tamang July 29, 2026
1
  • News

उद्योगीका सुझावका आधारमा कर, पूर्वाधार र नीतिगत सुधार गर्ने सरकारको संकेत : चन्द्र ढकाल

Kamal Tamang July 29, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.