Skip to content
November 2, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

महेश बस्नेतले दिए बालेन र सुदनको टोलीलाई ‘विदेशी दलाल’ को संज्ञा

Kamal Tamang October 8, 2025
1
Share On:

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले बालेन शाह, सुदन गुरुङसहितको समूहमाथि गम्भीर आरोप लगाएका छन् । उनले आज पत्रकार सम्मेलन गर्दै उनीहरूलाई ‘विदेशी दलाल’ को संज्ञा दिँदै आपराधिक गतिविधिमा संलग्न भएको आरोप लगाए ।

‘बालेन र सुदनलगायतका यी टिमहरू विदेशी दलाल हुन् । यिनीहरूले आपराधिक गतिविधि गरेका छन्, त्यसैले कारबाही उनीहरूबाट सुरु गर्नुपर्छ,’ बस्नेतले भने । उनले हालैको आन्दोलन र संसद विघटनसम्बन्धी विषयमा एमालेले चाँडै औपचारिक धारणा लिने जानकारी दिए । संसद विघटन वैधानिक कि अवैधानिक भन्ने प्रश्न उठाउँदै उनले भने, ‘संसद पुनस्र्थापनाको माग लिएर हामी सर्वोच्च अदालतको ढोका ढकढक्याउँछौं । पार्टीले आधिकारिक रूपमा जाने कि कानुन व्यवसायीमार्फत जाने भन्ने विषयमा अन्तिम छलफल भइरहेको छ ।’

बस्नेतले रास्वपाका कार्यकर्तामाथि पनि गम्भीर आरोप लगाउँदै जेनजी आन्दोलनमा रास्वपाका कार्यकर्ताहरुले आफूहरुको घर जलाएको बताए । उनले भने, ‘हाम्रो घर जलाउनको लागि रास्वपाका कार्यकर्ता आएका छन् । यी सबैको एक–एक हिसाब हामीले राखिरहेका छौं ।’उनले आन्दोलनमा केही व्यक्तिहरू ‘मतियार’ का रूपमा प्रयोग भएको दाबी गर्दै बालेन शाहले पछि आन्दोलनमा सहभागीहरूलाई त्यागेको टिप्पणी गरे । ‘जब आन्दोलनको ठूलो आँधी बेहोरी आयो, त्यसपछि बालेनले हर्क साम्पाङदेखि सबैलाई खोलामा धकेलियो। अहिले हर्क साम्पाङ धरानदेखि कराउँदैछ,’ उनले भने ।

बस्नेतले जेनजीले प्रारम्भमा शान्तिपूर्ण आन्दोलन गरेको र भ्रष्टाचार तथा ‘नेपो बेबी’ विरुद्ध अभियान चलाएको स्वीकार गरे । तर, आन्दोलनमा घुसपैठ भएको उनको भनाई छ ।
उनले भने, ‘जेनजीले शान्तिपूर्ण आन्दोलन गरेका थिए । भ्रष्टाचारको विरुद्ध, नेपो बेबीको विरुद्ध अभियान चलाएका थिएँ। त्यसको विरोध गरेका थिए । तर बिचमा घुसपैठ भएको थाहा भएपछि उनीहरुले नै प्रदर्शनकारीलाई फिर्ता हुन आग्रह गरे। तर, ४ घण्टाभित्र देशलाई ध्वस्त पार्ने काम भयो ।’

Post navigation

Previous: नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण
Next: राष्ट्रका सम्पदा जलाउनेमाथि कारबाही नभए सडकमा उत्रिने चेतावनी : अनेरास्ववियु महासचिव

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.