Skip to content
November 2, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

इलामको बाढीपहिरो अपडेटः ज्यान गुमाउनेको संख्या ३९ पुग्यो, २६ घाइते, १०८ घरमा क्षति

Kamal Tamang October 9, 2025 1 minute read
1
Share On:


काठमाडौं ।  लगातारको वर्षासँगैको बाढी पहिरोले इलाममा मात्र ३९ जनाले ज्यान गुमाएका छन् ।  इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार १० पालिका रहेको इलाममा चुलाचुली गाउँपालिका र रोङ गाउँपालिकाबाहेकका सबै पालिकामा क्षति भएको छ ।  

प्रमुख जिल्ला अधिकारी नेपालले एक सूचनामार्फत क्षतिको विवरण सार्वजनिक गरेकी हुन् । यो घटनामा ३९ जनाको ज्यान गएको छ भने पहिरोमा परेर एक जना बेपत्ता छन् । त्यस्तै २६ जना घाइते भएका छन् ।  

१०८ घर पूर्णरुपले क्षतिग्रस्त भएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार क्षति भएको तथ्यांकमा रहेका १०८ घर मृतकका घर र पूर्ण क्षति भइ हाल आफन्त, छिमेकी र सामुदायिक भवनमा रहेका परिवार सदस्यको मात्र समावेश छ ।

बाढीपहिरोमा परेर सबैभन्दा धेरै देउमाई नगरपालिका र माईजोगमाई गाउँपालिकामा ८र८ जनाले ज्यान गुमाएका छन् । इलाम नगरपालिका र सन्दकपुर गाउँपालिकामा ७–७ जनाको ज्यान गएको छ भने सूर्योदय नगरपालिकामा पाँच जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।  

माङसेबुङ गाउँपालिकामा तीन जनाको ज्यान गएको छ भने पाँच जना घाइते छन् । फाकफोकथुम गाउँपालिकामा एक जनाको मृत्यु भएको छ ।  इलाम नगरपालिकामा १० जना घाइते छन् । एक जना अझै बेपत्ता छन् ।   यो प्रारम्भिक क्षतिको विवरण रहेको जनाउँदै जिल्ला प्रशासन कार्यालय इलामले क्षतिको स्थलगत मुचुल्का हुन बाँकी रहेको जनाएको छ ।  

Post navigation

Previous: शेयर धितोकर्जाको सिमा हटेपछि बढ्यो नेप्से
Next: जेनजी शहीद परिवारले सरकार समक्ष तीनवटा मन्त्रालयको माग

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.