Skip to content
September 18, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

छठ मनाउन काठमाडौँ महानगरले तोक्यो ८ स्थान

Kamal Tamang October 25, 2025
1
Share On:

काठमाडौं । काठमाडौँ महानगरपालिकाले यस वर्षको छठ पर्व मनाउनका लागि महानगरभित्र आठ स्थान तोकेको छ। काठमाडौँ महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले शनिवार पत्रकार सम्मेलन गरी यो जानकारी दिएका हुन्। उनका अनुसार कमलपोखरी, गौरीघाट, बोक्सीदह, बागमती दोभन, टंकेश्वर, बल्खु कुमारी क्लब अगाडि, कुलेश्वर भलिबल ग्राउण्ड र रामघाटमा छठ पर्व मनाउनका लागि ठाउँ तोकिएको छ।

महानगरले यी तोकिएका स्थानहरूमा सरसफाइको काम सुरु गरिसकेको पाण्डेले बताए। सरसफाइका लागि ३ सयभन्दा बढी सरसफाइकर्मीहरू खटिएका छन्। उनले छठ पर्व व्यवस्थित रूपमा मनाउन कुनै कमी नहुने गरी तयारी गरिएको जानकारी दिए।

पाण्डेले छठ पर्वको नाममा ताल पोखरीमा पैसा उठाउन नपाइने स्पष्ट पारेका छन्। कसैले कुनै प्रकारको शुल्क लिन खोजेमा जानकारी गराउन पनि उनले आग्रह गरे। यस्तै, छठ मनाउन तोकिएको ठाउँमा सवारी पार्किङ नगर्न पनि उनले अनुरोध गरेका छन्। यस वर्ष कार्तिक १० गते छठ पर्व मनाइँदैछ।

Post navigation

Previous: नयाँ नेपाली गीत “संकोच” ले सुनायो माया र समर्पणको कथा
Next: ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ महसुल नबुझाएका १८ कम्पनीको बिजुली काटियो

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.