Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

 अमेरिकासँग युद्धविराम भए पनि युद्ध अझै सकिएको छैनः इरानी सेना

Kamal Tamang April 29, 2026
1
Share On:



काठमाडौं । इरानी सेनाले अमेरिकासँग युद्धविरामको सम्झौता भए तापनि पश्चिम एसियामा द्वन्द्वको स्थिति अझै कायमै रहेको बताएको छ । इरानले रणनीतिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिने हर्मुज जलमार्गमा आफ्नो पूर्ण नियन्त्रण रहेको दाबी समेत गरेको छ ।

इरानी राज्य प्रसारकका अनुसार सेनाका प्रवक्ता अमिर अक्रमिनियाले वर्तमान अवस्थालाई सैन्य दृष्टिकोणबाट अझै पनि युद्धकै स्थितिका रूपमा हेरिएको बताएका छन् । उनले भने,‘परिस्थिति अझैं युद्धकै हो, र हाम्रा सेनाहरूले आफ्ना लक्ष्य र उपकरणहरूलाई अद्यावधिक गरिसकेका छन् ।’

प्रवक्ता अक्रमिनियाका अनुसार हर्मुज जलसन्धिको पश्चिमी खण्ड इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स र पूर्वी खण्ड नियमित सेनाले व्यवस्थापन गरिरहेका छन् । विश्वको तेल पारवहनका लागि यो जलसन्धि निकै महत्त्वपूर्ण मानिन्छ ।

इरानको उच्च सैन्य तयारीका कारण शत्रु पक्षले जमिनबाट आक्रमण गर्ने आँट नगरेको दाबी गर्दै उनले भने,‘दुश्मनले इरानमाथि भूमिगत आक्रमण गर्ने हिम्मत गरेनन् । हाम्रा स्थल सेनाहरू कुनै पनि खतराको सामना गर्न देशका विभिन्न भागमा तैनाथ छन् ।’

हालैको एक घटनाबारे उल्लेख गर्दै प्रवक्ताले इरानी सेनाले एक अमेरिकी शत्रु विमानलाई निशाना बनाएर उसको अपरेसन असफल पारेको समेत दाबी गरे । गत फेब्रुअरी २८ मा सुरु भएको यो द्वन्द्वपछि अप्रिल ७ मा युद्धविरामको घोषणा गरिएको थियो । तर, इरानले यसलाई अझै पनि गम्भीर रूपमा लिँदै पूर्ण तयारीका साथ बसेको जनाएको छ । अर्का एक इरानी अधिकारी मोहम्मद हुसेन जियाइनियाले देशको जित निश्चित रहेको र यसलाई कसैले हराउन नसक्ने दाबी गरेका छन् ।

Post navigation

Previous: नेपाली सेनालाई सुकुम्बासीको लगत नदिन पालिकाहरूलाई  हर्क साम्पाङको अनुरोध
Next: अध्यादेशको आलोचनापछि रास्वपा सभापति लामिछानेसहित सांसदहरू छलफलमा

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.