Skip to content
October 27, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

भूमिहीन नागरिकहरू देशव्यापी सडक प्रदर्शनमा, नाराबाजी र आक्रोशले गुञ्जायमान बन्यो माइतीघर 

Kamal Tamang May 8, 2026 1 minute read
1
Share On:


काठमाडौँ । सरकारले विकल्प बिना बस्ती खाली गराउन थालेपछि देशभरका भूमिहीन तथा अव्यवस्थित बसोवासीहरू सडक प्रदर्शनमा उत्रिएका छन् । नौ दिन अघि काठमाडौंबाट सुरू भएको बस्ती खाली गर्ने अभियान देशभर चलाउने योजनामा सरकार लागेपछि भूमिहीनहरू सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका हुन् । काठमाडौंका १६ बस्तीबाट नौ दिनमा १५ हजार बढी विस्थापित भइसकेका छन् ।

त्यस्तै आज माइतीघर मण्डला फेरि एकपटक नाराबाजी र आक्रोशले गुञ्जायमान भएको छ।  काठमाडौं उपत्यकामा रहेका सुकुमवासीहरूले आफ्नो हक र अधिकारको माग गर्दै विशेष र्‍याली र प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीहरूले काठमाडौं महानगरपालिका र सरकारको डोजर आतंकको विरोध गर्दै प्रदर्शन गरेका हुन्। उनीहरूले हातमा रित्ता थाल र चम्चा बोकेर आफूहरूलाई भोकमरी र उठिबासको डर रहेको संकेत गरेका छन्। सुकुमवासी बस्तीहरूमा डोजर चलाएर नागरिकलाई घरबारविहीन बनाउने कार्यको भत्र्सना गर्दै उनीहरूले अधिकारको रक्षाको माग गरेका छन्।

उनीहरुले समाजवादको नारा डोजरको साहारा, विकासको नाममा विस्थापन बन्द गर,  उनीहरुले हिसाव सिक्दैछु ताकि हरेक अन्यायको हिसाव राख्न सकुँ, सुकुमवासीको रगतले रंगिएको हात कहाँ गएर धुन्छौ रु जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्।

सुकुमवासी जनता सडकमा बालेन चाहीँ महलमा जस्ता नारा लगाएका छन्। विकासको नाममा सुकुमवासीहरूलाई कुनै विकल्प नदिई बलपूर्वक हटाउनु मानवीय संवेदना विरुद्ध भएको उनीहरूको तर्क थियो।

Post navigation

Previous: रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Next: सरकारको दाबीः प्रधानन्यायाधीश सिफारिस पद्धति यो नै अहिलेसम्मकै उत्कृष्ट हो

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.