Skip to content
July 29, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • News
  • Technology
  • Uncategorized

प्रदेशसभा सांसद सरोज सिंहलाई ४ वर्ष जेल र ३८ लाख ५० हजार जरिवानाको फैसला

Kamal Tamang June 3, 2026 1 minute read
1
Share On:


काठमाडौं ।  विशेष अदालतले भ्रष्टाचार मुद्दामा मधेस प्रदेशका निलम्बित प्रदेशसभा सदस्य सरोजकुमार सिंह कुशवाहालाई दोषी ठहर गर्दै चार वर्ष एक महिना कैद तथा ३८ लाख ५० हजार १३९ जरिवाना हुने फैसला सुनाएको छ।विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले मङ्गलबार उक्त फैसला सुनाएको हो।

अदालतले ‘अपराध पीडित संरक्षण ऐन, २०७५’ बमोजिम सिंहबाट १ लाख ५४ हजार पाँच रुपैयाँ ५६ पैसा क्षतिपूर्ति शुल्क असुल गरी ‘पीडित राहत कोष’मा जम्मा गर्न आदेश दिएको छ। साथै घुस बापत लिएको ३८ लाख ५० हजार १३९ सरकारी कोषमा जफत गर्न पनि निर्देशन दिएको छ।

महोत्तरी निर्वाचन क्षेत्र नं ४ ख बाट निर्वाचित प्रदेशसभा सदस्य सिंहले विभिन्न उपभोक्ता समितिहरूबाट घुस तथा कमिसनबापत ३८ लाख ५० हजार १३९ लिएको पुष्टि भएको अदालतले जनाएको छ। उक्त रकम लिएको सम्बन्धमा प्रतिवादीले विवाद नगरेकाले अदालतले सोही रकमलाई भ्रष्टाचारको बिगो कायम गरेको जनाएको छ।

अभियोगअनुसार उपभोक्ता समितिका खातामा जम्मा भएको रकम आफ्ना स्वकीय सचिव विनोद कुमार लाल कायस्थमार्फत झिक्न लगाई सिंहले आफ्नो र श्रीमतीको नाममा रहेको संयुक्त खातामा  ३८ लाख ५० हजार १३९ जम्मा गरी हिनामिना गरेका थिए।यस प्रकरणमा विशेष अदालतले भ्रष्टाचार कसुर प्रमाणित भएको निष्कर्षसहित कैद, जरिवाना, क्षतिपूर्ति तथा रकम जफतको आदेश दिएको हो।

Post navigation

Previous: आज बंगलादेशसँग सेमिफाइनल खेल्दै नेपाली महिला फुटबल टोली
Next: ट्राफिक कारबाहीमा एकैदिन २३ लाख ७१ हजार राजस्व सङ्कलन

Related Stories

1
  • News

खाद्य निरीक्षक राखेर बजार अनुगमन गर्न सरकारको आग्रह

Kamal Tamang July 29, 2026
1
  • News

नेपाल चिकित्सक संघद्वारा देशव्यापी आन्दोलन घोषणा, आकस्मिक बाहेकका सेवा बन्द गर्ने

Kamal Tamang July 29, 2026
1
  • News

उद्योगीका सुझावका आधारमा कर, पूर्वाधार र नीतिगत सुधार गर्ने सरकारको संकेत : चन्द्र ढकाल

Kamal Tamang July 29, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.