Skip to content
October 29, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • News
  • Technology
  • Uncategorized

बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति

Kamal Tamang June 7, 2026
1
Share On:


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अधिवेशनमार्फत १८ जिल्लामा नयाँ कार्यसमिति चयन गरेको छ । यो समाचार तयार गर्दासम्म बागमती प्रदेशका नौ र कोशी प्रदेशका नौ जिल्लामा पहिलो अधिवेशन सम्पन्न भई नयाँ कार्यसमिति चयन भएका छन् ।

केन्द्रीय निर्वाचन आयोगकाअनुसार काठमाडौँ जिल्ला सभापतिमा राजा शाक्य, भक्तपुरमा रामेश्वर बस्नेत, काभ्रेपलाञ्चोकमा प्रविन ढकाल, सिन्धुलीमा अविनाश बस्नेत, रामेछापमा रमेश रायमाझी, दोलखामा दिनेश बस्नेत, नुवाकोटमा रामेश्वर गजुरेल, धादिङमा राजन अर्याल र मकवानपुर सभापतिमा सञ्जिव पाठक निर्वाचित भएको छन ।

बागमती प्रदेशका चितवन, रसुवा र ललितपुरमा आज अधिवेशन हुँदैछ भने शनिबार सुरु भएको सिन्धुपाल्चोकको अधिवेशन स्थगित भएको आयोगले जनाएको छ । यस्तै कोशी प्रदेशको सुनसरीमा सागर दाहाल, झापामा ओम भण्डारी, ताप्लेजुङमा राजनकुमार गुरुङ, मोरङमा भरत कँडेल, तेह्रथुममा सुमन खत्री, भोजपुरमा ख्यामबहादुर भुजेल, सङ्खुवासभामा भक्तनारायण श्रेष्ठ, ओखलढुङ्गामा कृष्णबहादुर थापा सभापतिमा निर्वाचित भएको छन ।

कोशीका धनकुटा, उदयपुर, सोलुखुम्बु, खोटाङ र इलाममा आज अधिवेशन भइरहेको आयोगका प्रमुख केसीले जानकारी दिनुभयो । आज २८ जिल्लामा रास्वपाको अधिवेशन हुन गइरहेको छ ।

यसैबीच, केन्द्रीय निर्वाचन आयोगले जिल्ला अधिवशेनमा प्रतिनिधिको सहभागिताका सम्बन्धमा स्पष्ट पार्दै अधिवेशन सम्पन्न नभएका पालिकाका विभागबाट अधिवेशनमा प्रतिनिधित्व गर्न नपाइने जनाएको छ । आयोगका अनुसार अधिवेशन सम्पन्न भइसकेका पालिकाको हकमा भने वैशाख १५ गते अगावै नियुक्त भएका विभागीय सदस्यले मात्र जिल्ला अधिवेशन प्रतिनिधि हुन पाउनेछन् ।

Post navigation

Previous: सुधन गुरुङले भने –म फेरि त्यो पदमा गइहाले भनेँ २ महिना फोटो खिच्ने र बधाई दिने काम नगरौँ 
Next: फिलिपिन्समा ८.२ म्याग्निच्यूडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

Related Stories

1
  • News

खाद्य निरीक्षक राखेर बजार अनुगमन गर्न सरकारको आग्रह

Kamal Tamang July 29, 2026
1
  • News

नेपाल चिकित्सक संघद्वारा देशव्यापी आन्दोलन घोषणा, आकस्मिक बाहेकका सेवा बन्द गर्ने

Kamal Tamang July 29, 2026
1
  • News

उद्योगीका सुझावका आधारमा कर, पूर्वाधार र नीतिगत सुधार गर्ने सरकारको संकेत : चन्द्र ढकाल

Kamal Tamang July 29, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.