Skip to content
nepWordLogoTitle

Custom Ad 1
Primary Menu
  • Home
  • World
  • Technology
  • नेपाली
Light/Dark Button
  • News
  • Technology
  • Uncategorized
  • World

विद्युत् व्यापारमा दोहोरो भ्याट नलाग्ने, ईभीमा मूल्यका आधारमा भन्सार लाग्ने : अर्थमन्त्री वाग्ले

Kamal Tamang June 10, 2026 1 min read
1
Share On:


काठमाडौं ।  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युत् शक्तिको कारोबार गर्ने एक व्यवसायीले अर्को व्यवसायीलाई विद्युत् बिक्री गर्दा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने व्यवस्था गरिएको बताएका छन् । अन्तिम उपभोक्तालाई मात्र प्रभाव पर्ने गरी भ्याट प्रणाली लागू गरिने उनले स्पष्ट पारे ।बुधबार प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको बैठकमा बोल्दै मन्त्री वाग्लेले कर प्रणालीलाई सरल, वैज्ञानिक र लगानीमैत्री बनाउन विभिन्न नीतिगत सुधार गरिएको जानकारी दिए ।

उनका अनुसार अब वार्षिक १० लाख रुपैयाँसम्म आय हुने करदाताले १ प्रतिशत मात्र आयकर तिरे पुग्नेछ । साथै, आयकरको माथिल्लो दर (मार्जिनल कर दर) ३९ प्रतिशतबाट घटाएर २९ प्रतिशत कायम गरिएको छ ।

मन्त्री वाग्लेले आफ्ना छोराछोरीको शिक्षामा गरेको खर्चमध्ये २५ प्रतिशत वा २५ हजार रुपैयाँमध्ये जुन कम हुन्छ, त्यति रकम करयोग्य आयबाट कटौती गर्न सकिने नयाँ व्यवस्था पनि बजेटमार्फत ल्याइएको जानकारी दिए । उनले नागरिकलाई औपचारिक कर प्रणालीमा आबद्ध हुन र नियमित रूपमा आयकर विवरण (इनकम ट्याक्स फाइल) पेश गर्न आग्रह गरे ।

विद्युतीय सवारीसाधन (ईभी) मा अब ‘पिक पावर’को सट्टा मूल्यका आधारमा भन्सार निर्धारण गरिने उनले बताए । विगतमा पिक पावरका आधारमा भन्सार निर्धारण गर्दा दुरुपयोग भएको र महालेखा परीक्षकले अर्बौं रुपैयाँ बेरुजु औँल्याएको उल्लेख गर्दै वैज्ञानिक अभ्यास र अनुसन्धानका आधारमा नयाँ व्यवस्था लागू गरिएको उनले बताए। ईभीको मूल्यमा ५० लाख रुपैयाँभन्दा बढी वृद्धि नहुने गरी नीति सच्याइएको पनि उनले जानकारी दिए ।

यस्तै, महानगरपालिका र उपमहानगरपालिका बाहेकका क्षेत्रमा सञ्चालन हुने चलचित्र घरलाई व्यवसाय सञ्चालन गरेको मितिदेखि १० वर्षसम्म कर छुट दिने व्यवस्था गरिएको मन्त्री वाग्लेले बताए ।

स्वास्थ्य क्षेत्रतर्फ रगत तथा खोप ढुवानीका लागि प्रयोग हुने क्यारियरमा लाग्दै आएको ३० प्रतिशत भ्याट घटाएर १५ प्रतिशत कायम गरिएको पनि उनले जानकारी दिए ।

Post navigation

Previous: बक्यौता नतिर्ने उद्योगलाई सरकारको सातदिने चेतावनी
Next: एभरेष्ट कलरको आईपीओमा आवेदन दिने आज अन्तिम अवसर

Related Stories

1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा, ७५ वर्षमाथिकालाई पोषण भत्ता दिने महानगरको घोषणा

Kamal Tamang June 14, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

वाणिज्य बैंकहरूले घटाए ब्याजदर, कसको कति ?

Kamal Tamang June 14, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः कांग्रेस सभापति थापा

Kamal Tamang June 14, 2026
  • 1
    ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा, ७५ वर्षमाथिकालाई पोषण भत्ता दिने महानगरको घोषणाJune 14, 2026
  • 1
    वाणिज्य बैंकहरूले घटाए ब्याजदर, कसको कति ?June 14, 2026
  • 1
    राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः कांग्रेस सभापति थापाJune 14, 2026
  • 1
    इरानसँगको प्रारम्भिक सम्झौतामा आइतबार हस्ताक्षर हुने ट्रम्पको दाबी June 14, 2026
  • 1
    आज चीन भ्रमण जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल June 14, 2026
  • 1
    रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयJune 12, 2026

You may have missed

1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा, ७५ वर्षमाथिकालाई पोषण भत्ता दिने महानगरको घोषणा

Kamal Tamang June 14, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

वाणिज्य बैंकहरूले घटाए ब्याजदर, कसको कति ?

Kamal Tamang June 14, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः कांग्रेस सभापति थापा

Kamal Tamang June 14, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

इरानसँगको प्रारम्भिक सम्झौतामा आइतबार हस्ताक्षर हुने ट्रम्पको दाबी 

Kamal Tamang June 14, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

Our Team

Our Team
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Links

  • ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा, ७५ वर्षमाथिकालाई पोषण भत्ता दिने महानगरको घोषणा
  • वाणिज्य बैंकहरूले घटाए ब्याजदर, कसको कति ?
  • राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः कांग्रेस सभापति थापा
  • इरानसँगको प्रारम्भिक सम्झौतामा आइतबार हस्ताक्षर हुने ट्रम्पको दाबी 
  • आज चीन भ्रमण जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल 
Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd.