Skip to content
nepWordLogoTitle

Custom Ad 1
Primary Menu
  • Home
  • World
  • Technology
  • नेपाली
Light/Dark Button
  • News
  • Technology
  • Uncategorized
  • World

प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय भावनामाथि चोट पुग्यो : सांसद राना

Kamal Tamang June 17, 2026 1 min read
1
Share On:


काठमाडौँ ।  नेकपा एमालेका सांसद कृपाराम रानाले प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिले राष्ट्रिय भावनामाथि चोट पुर्याएको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद रानाले नेपालको इतिहास, राष्ट्रियता र पुर्खाहरूको योगदान स्मरण गर्दै देशको सार्वभौमिकता र भूगोलप्रति संवेदनशील हुनुपर्ने धारणा राखे ।

उनले नेपाली वीर पुर्खाहरू अमरसिंह थापा, भक्ती थापा, बलभद्र कुँवरलगायतले देशको रक्षाका लागि गरेको योगदान स्मरण गर्दै नेपालको भूमि उनीहरूको बलिदानबाट प्राप्त भएको बताए ।

उनले भने, ‘मलाई आज इतिहासको सम्झना आइरहेको छ । म बाघको डोमरु हँ सिनो खाने कुकुर होइन यो अभिव्यक्ति हाम्रा विरपुर्खा अमरसिंह थापाको हो । म स्मरण गर्न चाँहे विरभक्ति थापा जो ७० वर्षको वृद्ध उमेरमा यो देशको रक्षार्थ उभिएका थिए र ज्यानको आहुती दिएका थिए । नालापानी युद्धमा नायक विर बलभद्र कुवंर लडेका थिए । त्यस्तै बहादुर साह यो ग्रेटर नेपालका निर्माता हुन् । मैले स्मरण गर्न चाहे यो भूमी नेपाली पूर्खाहरुले आर्जन गरेको भूमी हो । यसलाई सानोतिनो हिसावले नसम्झियोस् ।’

रानाले राष्ट्रियताप्रति नेपाली जनताको प्रेम, निष्ठा र समर्पण रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाए । प्रधानमन्त्रीले ‘नेपालले भारतको जग्गा मिचेको छ’ भन्ने टिप्पणी गरेको उल्लेख गर्दै उनले उक्त अभिव्यक्ति राष्ट्रिय भावनाविपरीत रहेको दाबी गरे ।

उनले भने, ‘यो मातृत्व भूमी हो । राष्ट्रियताप्रतिको हामी सबैको प्रेम छ, निष्ठा छ, समर्पण छ । यो भावना नै राष्ट्रिय भावना हो । आज यो भावनाको खिलापमा सम्मानिय प्रधानमन्त्री यही सम्मानित सदनमा मजाकिलो हिसावले भद्दा मजाकको हिसावले सामान्य अर्थमा चाँही नेपालले भारतको जग्गा मिचेको छ भनेर अभिव्यक्ति दिनुहुन्छ । लाज लागिरहेको छ ।’

उनले भारतसँगको सीमा विवाद अझै समाधान हुन बाँकी रहेको उल्लेख गर्दै लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको अभिन्न भूभाग भएको बताए । ती क्षेत्रहरू नेपालको भूभाग भए पनि अझै प्राप्त गर्न बाँकी रहेको उनको भनाइ थियो ।

उनले भने, ‘म आग्रह गर्न चाहे एकातिर भारतले लिपुलेक, लिम्पियाधुरा र कालापानी जो नेपालको अखण्ड भूमी हो, जो ३३५वर्ग किलोमिटर रहेको छ यसलाई हामीले प्राप्त गर्न बाँकी छ ।’सांसद रानाले राष्ट्रियताको विषयलाई सामान्य रूपमा नलिन आग्रह गर्दै नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताप्रति सबै राजनीतिक दल र नेतृत्व गम्भीर हुनुपर्ने धारणा व्यक्त गरे ।

Post navigation

Previous: मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार सुरुवात
Next: चिया उद्योग संकटमा पर्दा सरकार मौन : सांसद राई

Related Stories

1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

चिया उद्योग संकटमा पर्दा सरकार मौन : सांसद राई

Kamal Tamang June 17, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार सुरुवात

Kamal Tamang June 17, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

सभामुखको आचरणमाथि कांग्रेस सांसद यादवको टिप्पणी, रास्वपाको आपत्ति

Kamal Tamang June 17, 2026
  • 1
    चिया उद्योग संकटमा पर्दा सरकार मौन : सांसद राईJune 17, 2026
  • 1
    प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय भावनामाथि चोट पुग्यो : सांसद रानाJune 17, 2026
  • 1
    मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार सुरुवातJune 17, 2026
  • 1
    सभामुखको आचरणमाथि कांग्रेस सांसद यादवको टिप्पणी, रास्वपाको आपत्तिJune 17, 2026
  • 1
    माउन्ट एभरेष्ट पावरको आईपीओ बिक्री खुला, आजदेखि आवेदन दिन सकिनेJune 17, 2026
  • 1
    इन्डोनेसियामा ६.७ म्याग्निच्युडको भूकम्पJune 16, 2026

You may have missed

1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

चिया उद्योग संकटमा पर्दा सरकार मौन : सांसद राई

Kamal Tamang June 17, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय भावनामाथि चोट पुग्यो : सांसद राना

Kamal Tamang June 17, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार सुरुवात

Kamal Tamang June 17, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

सभामुखको आचरणमाथि कांग्रेस सांसद यादवको टिप्पणी, रास्वपाको आपत्ति

Kamal Tamang June 17, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

Our Team

Our Team
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Links

  • चिया उद्योग संकटमा पर्दा सरकार मौन : सांसद राई
  • प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय भावनामाथि चोट पुग्यो : सांसद राना
  • मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार सुरुवात
  • सभामुखको आचरणमाथि कांग्रेस सांसद यादवको टिप्पणी, रास्वपाको आपत्ति
  • माउन्ट एभरेष्ट पावरको आईपीओ बिक्री खुला, आजदेखि आवेदन दिन सकिने
Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd.