Skip to content
September 18, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

पहिलो त्रैमासमा वाणिज्य बैंकहरुकोको नाफा १३ अर्ब १४ करोड ४९ लाख कस्को कति ?

Kamal Tamang November 7, 2025 1 minute read
1
Share On:

काठमाडौं ।  वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको प्रथम त्रैमास -साउन–असोज-सम्मको अपरिष्कृत वित्तीय विवरण आज सार्वजनिक गरेका छन्। वित्तीय विवरणअनुसार चालु आर्थिकको प्रथम त्रैमासमा वाणिज्य बैंकहरुले १३ अर्ब १४ करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। अघिल्लो वर्ष २०८१/८२ को प्रथम त्रैमासमा वाणिज्य बैंकहरुले १६ अर्ब १८ करोड ९४ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकहरुको नाफा १८.७८ प्रतिशतले घटेको छ।

वित्तीय विवरणअनुसार ५ वटा बैंकको मात्रै नाफा बढेको छ भने १४ वटाको घटेको छ। सिटिजन्स बैंकले घाटा व्यहोरेको छ। प्रथम त्रैमासमा अर्ब माथि नाफा गर्ने ५ बैंक रहेका छन् भने वृद्धिदरका हिसाबले राष्ट्रिय वाणिज्य बैंक अग्रास्थानमा रहेको छ।

वाणिज्य बैंकहरुमध्ये ग्लोबल आइएमई बैंक, एभरेष्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंक र एनआईसी एसिया बैंकको नाफा बढेको छ। नबिल बैंक, प्राइम कमर्सियल बैंक, कुमारी बैंक, एनएमबि बैंक, हिमालयन बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, नेपाल बैंक, प्रभु बैंक, नेपाल एसबीआई बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी सनराइज बैंक, सिद्धार्थ बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र कृषि विकास बैंकको नाफा घटेको छ। सिटिजन्स बैंकले भने घाटा व्यहोरेको छ।

समीक्षा अवधिमा सर्वाधिक नाफा आर्जन गर्नेमा ग्लोबल आइएमई रहेको छ भने सबैभन्दा कम नाफा कृषि विकास बैंकले कमाएको छ।यसैगरी चालु आर्थिक वर्षको प्रथम त्रैमासमा अर्ब माथिको नाफा आर्जन गर्नेमा ५ बैंक ग्लोबल आइएमई, नबिल, प्राइम, एभरेष्ट र कुमारी छन्।

समीक्षा अवधिमा ग्लोबल आइएमईले १ अर्ब ८५ करोड ८६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले १ अर्ब ५१ करोड २१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो बैंकको नाफा २२.९२ प्रतिशतले बढेको छ।

यसैगरी दोस्रो धेरै नाफा कमाउनेमा नबिल बैंक रहेको छ। समीक्षा अवधिमा नबिलले १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले २ अर्ब ५ करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा बैंकको नाफा १४.५७ प्रतिशतले घटेको छ।

तेस्रो धेरै नाफा कमाउनेमा प्राइम रहेको छ। प्राइमले समीक्षा अवधिमा १ अर्ब २५ करोड ८४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा प्राइमले १ अर्ब २८ करोड ६७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा प्राइमको नाफा पनि २.२० प्रतिशतले घटेको छ।

त्यस्तै समीक्षा अवधिमा एभरेष्टले १ अर्ब १७ करोड ९२ लाख रुपैयाँ र कुमारीले १ अर्ब ५ करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। अघिल्लो वर्ष यही अवधिमा एभरेष्टले १ अर्ब १२ करोड ७७ लाख रुपैयाँ कुमारीले १ अर्ब ७ करोड ८१ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा एभरेष्टको नाफा ४.५७ प्रतिशतले बढ्दा कुमारीको २।०१ प्रतिशतले घटेको छ।

Post navigation

Previous: नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नाफा चार करोड ५० लाख
Next: कार्यवाहक प्रमुख निर्वाचन आयुक्तले भने– ‘प्रतिनिधिसभा पुनर्स्थापना कि चुनाव भन्ने प्रश्नमा रुमलिन आवश्यक छैन’ 

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.