Skip to content
October 29, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

वाणिज्य बैंकहरुको ३० अर्ब माथि – कस्ले कति कमाए ?

Kamal Tamang January 29, 2026
1
Share On:

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस)०सम्म वाणिज्य बैंकहरुले ३० अर्ब माथि नाफा कमाएका छन्। बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पुससम्मको तथ्यांकअनुसार २० वाणिज्य बैंकहरुको नाफा ३० अर्ब ५९ करोड ३९ लाख रुपैयाँ देखिएको हो। अघिल्लो वर्ष २०८१/८२ को पुससम्म वाणिज्य बैंकहरुले २७ अर्ब ४३ करोड ६८ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकहरुको नाफा ११.५१ प्रतिशतले घटेको छ।

तथ्यांकअनुसार सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक रहेको छ भने वृद्धिदरका हिसाबले कुमारी बैंक अग्रस्थानमा रहेको छ।

समीक्षा अवधिसम्म नबिल बैंकले ४ अर्ब ७५ करोड ९६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ३ अर्ब २४ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो बैंकको नाफा ४६.७१ प्रतिशतले बढेको छ।

यसैगरी दोस्रो धेरै नाफा कमाउनेमा ग्लोबल आइएम बैंक रहेको छ। समीक्षा अवधिसम्म बैंकले ३ अर्ब २५ करोड २१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ३ अर्ब ५ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा बैंकको नाफा ६।५० प्रतिशतले बढेको छ।

तेस्रो धेरै नाफा कमाउनेमा कुमारी बैंक रहेको छ। बैंकले समीक्षा अवधिसम्म २ अर्ब ७२ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले २७ करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा नाफा ८८६.५० प्रतिशतले बढेको छ।

त्यस्तै समीक्षा अवधिसम्म एभरेष्ट बैंकले २ अर्ब ११ करोड ७१ लाख रुपैयाँ र प्राइम बैंकले २ अर्ब ४ करोड ३३ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। अघिल्लो वर्ष यही अवधिसम्म एभरेष्टले २ अर्ब ७ करोड ४७ लाख रुपैयाँ प्राइमले १ अर्ब ८६ करोड ९९ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा एभरेष्टको नाफा २।०४ प्रतिशत र प्राइमको ९.२७ प्रतिशतले बढेको छ।

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा ११ वटा बैंकको नाफा बढेको छ भने ९ वटाको घटेको छ। समीक्षा अवधिमा सिटजन्स बैंक घाटामा रहेको छ भने सबैभन्दा कम नाफा कमाउनेमा एनआईसी एसिया बैंक रहेको छ।

Post navigation

Previous: सेयर बजार सूचक घटे पनि कारोबार रकमले छाडेन साथ
Next: प्रधानमन्त्री कार्कीद्वारा सहिदप्रति श्रद्धाञ्जली, जनउत्तरदायी शासनको आह्वान

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.