Skip to content
August 1, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • News
  • Technology
  • Uncategorized

आज यी राजमार्गहरूमा छ बाढी र पहिरोको अवरोध

Kamal Tamang May 22, 2026 1 minute read
1
Share On:

काठमाडौं ।  नेपाल प्रहरीले देशका विभिन्न राजमार्गहरूमा बाढी र पहिरोका कारण यातायात प्रभावित भएको जनाएको छ। शुक्रबार बिहान ७ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका मुख्य सडक खण्डहरूमा प्राकृतिक प्रकोपका कारण कतै सडक पूर्ण रुपमा अवरुद्ध छ भने कतै एकतर्फी मात्र खुला छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रहरीले केही सडक खण्डमा सवारी साधन सञ्चालनमै पूर्ण रुपमा रोक लगाएको छ।

सबैभन्दा बढी प्रभावित गण्डकी प्रदेशको लमजुङ जिल्ला रहेको छ। प्राप्त विवरण अनुसार पहिरोका कारण लमजुङको मध्यनेपाल नगरपालिका(१० बिमिरेभन्ज्याङस्थित मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ। 

यसैगरी, गण्डकी प्रदेशकै म्याग्दी जिल्लामा दुई छुट्टाछुट्टै स्थानमा पहिरो जाँदा बेनी(जोमसोम सडक खण्ड एकतर्फी मात्र सुचारु छ। वैशाख १६ गते अन्नपूर्ण गाउँपालिका(३ जलथले र जेठ ७ गते रघुगंगा गाउँपालिका(३ तल्लो बैसरीमा गएको पहिरोका कारण उक्त सडक एकतर्फी मात्र खुला गरिएको हो। 

उता कोशी प्रदेशमा पनि सडकको अवस्था उस्तै छ। भोजपुर नगरपालिका(५ बोखिममा वैशाख १२ गते आएको बाढीका कारण मध्यपहाडी लोकमार्ग एकतर्फी रुपमा सञ्चालनमा छ, यद्यपि यहाँ साना सवारीका लागि वैकल्पिक बाटोको व्यवस्था भने गरिएको छ। संखुवासभाको मकालु गाउँपालिका(३ नयाँबस्तिमा वैशाख २३ गतेको पहिरोले कोशी राजमार्ग पनि एकतर्फी मात्र सुचारु छ।

बागमती प्रदेशको काभ्रेपलाञ्चोकमा सम्भावित बाढीको जोखिम देखिएपछि वैशाख २२ गतेदेखि बिपी राजमार्ग सडक खण्डअन्तर्गत खुर्कोट(नेपालथोक(कटुन्जेबेंसी चल्ने सम्पूर्ण सवारी साधनहरूलाई रोक लगाइएको छ। 

त्यसैगरी, कर्णाली प्रदेशको हुम्लामा पनि सम्भावित पहिरोको जोखिमका कारण वैशाख २९ गतेदेखि नाम्खा गाउँपालिका वडा नम्बर २ स्थित हिल्सा(सिमिकोट सडक खण्डमा सवारी साधन सञ्चालन गर्न दिइएको छैन।प्रहरीले सडक अवरोध सम्बन्धी अद्यावधिक सूचना नेपाल प्रहरीको आधिकारिक वेबसाइटमार्फत लिन सकिने जनाएको छ।

Post navigation

Previous: आज विश्वासको मत लिँदै मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव
Next: क्रियाशील अद्यावधिक गर्न सुदूरपश्चिमकेन्द्रित हुँदै नेपाली कांग्रेस

Related Stories

1
  • News

खाद्य निरीक्षक राखेर बजार अनुगमन गर्न सरकारको आग्रह

Kamal Tamang July 29, 2026
1
  • News

नेपाल चिकित्सक संघद्वारा देशव्यापी आन्दोलन घोषणा, आकस्मिक बाहेकका सेवा बन्द गर्ने

Kamal Tamang July 29, 2026
1
  • News

उद्योगीका सुझावका आधारमा कर, पूर्वाधार र नीतिगत सुधार गर्ने सरकारको संकेत : चन्द्र ढकाल

Kamal Tamang July 29, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.