Skip to content
September 13, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • News
  • Technology
  • Uncategorized

एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ निष्काशन गर्ने

Kamal Tamang May 24, 2026 1 minute read
1
Share On:

काठमाडौं ।  एभरेष्ट कलर लिमिटेडले जेठ २२ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको आईपीओ बाँडफाँट गरिसकेको छ ।

कम्पनीले जारी पूँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशत बराबरको ७ करोड ९० लाख रुपैयाँ मूल्यका ७ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो । त्यसमध्ये ७९ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बाँडफाँट गरिसकिएको छ । साथै ३९ हजार ५०० कित्ता सामूहिक लगानी कोष र १५ हजार ८०० कित्ता कर्मचारीहरूका लागि छुट्याइएको कम्पनीले जनाएको छ ।

अब दोस्रो चरणमा कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ लाख ५५ हजार ७०० कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गर्न लागेको हो । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

आईपीओमा आवेदन दिने अन्तिम मिति जेठ २७ गते तोकिएको छ । सो अवधिसम्म पूर्ण आवेदन नपरेमा निष्काशन अवधि असार ५ गतेसम्म थप गरिने कम्पनीले जनाएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सी–आस्बा प्रणालीमार्फत स्वीकृत बैंक तथा वित्तीय संस्था र ‘मेरो शेयर’ प्रयोग गरेर आवेदन दिन सक्नेछन् ।

Post navigation

Previous: एमाले सचिवालय बैठक आज पनि बस्दै, अध्यक्ष ओलीले जवाफ दिने
Next: नेपाल–चीन सीमा बैठकः सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा

Related Stories

1
  • News

खाद्य निरीक्षक राखेर बजार अनुगमन गर्न सरकारको आग्रह

Kamal Tamang July 29, 2026
1
  • News

नेपाल चिकित्सक संघद्वारा देशव्यापी आन्दोलन घोषणा, आकस्मिक बाहेकका सेवा बन्द गर्ने

Kamal Tamang July 29, 2026
1
  • News

उद्योगीका सुझावका आधारमा कर, पूर्वाधार र नीतिगत सुधार गर्ने सरकारको संकेत : चन्द्र ढकाल

Kamal Tamang July 29, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.