Skip to content
July 29, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • News
  • Technology
  • Uncategorized

नेपाल–चीन सीमा बैठकः सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा

Kamal Tamang May 24, 2026 1 minute read
1
Share On:

काठमाडौं ।  नेपाल र चीनबीचको नियमित सीमा समन्वय बैठक रसुवाको धुञ्चेस्थित जिल्ला प्रशासन कार्यालयमा भएको छ । बैठकमा नेपाली पक्षको नेतृत्व रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले गरेका थिए भने चिनियाँ पक्षको नेतृत्व चिनियाँ अधिकारी चु जिनसाउनले गरेका थिए ।

दुई देशका अधिकारीबीच शनिबार भएको छलफलमा सीमा सुरक्षा, व्यापार सहजीकरण, आपसी समन्वय, सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षालाई थप प्रभावकारी बनाउने विषयमा विशेष जोड दिइएको बताइएको छ ।

नेपाल–चीनबीच लामो समयदेखि रहँदै आएको ऐतिहासिक मित्रता, आपसी विश्वास र सहकार्यलाई अझ सुदृढ बनाउने दिशामा बैठक फलदायी भएको सहभागी अधिकारीहरूले बताएका छन् । हिमाली क्षेत्रका जनताको दैनिकी, व्यापार तथा आवतजावतलाई सहज बनाउने विषयमा दुवै पक्ष सकारात्मक देखिएका छन् ।

कामका सिलसिलामा केरुङ क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको सुरक्षा, स्वास्थ्य उपचार र आवश्यक सहजीकरणका विषयमा नेपाली पक्षले चिनियाँ अधिकारीसमक्ष विशेष आग्रह गरेको जनाइएको छ । सीमा क्षेत्रबाट हुनसक्ने अवैध कारोबार तथा आपराधिक गतिविधि नियन्त्रणका लागि दुवै देशका सुरक्षा निकायलाई थप चनाखो र समन्वयात्मक रूपमा परिचालन गर्ने समझदारी भएको छ ।

विशेषगरी रसुवा बाहिरबाट आएका नेपाली सवारी चालकलाई समेत आवश्यक प्रक्रिया पूरा गरी केरुङ जान दिने विषयमा सकारात्मक छलफल भएको छ । राहदानी भएका र असल चालचलनका चालकलाई क्रमशः सहजीकरण गर्न सकिने सङ्केत चिनियाँ पक्षबाट आएपछि नेपाली सवारी चालक तथा व्यवसायीमा उत्साह थपिएको छ ।

यसअघि जिल्लाका चालकलाई मात्र प्राथमिकता दिने चिनियाँ प्रावधानमा केही लचकता आउने सङ्केत देखिएसँगै व्यापार तथा ढुवानी क्षेत्र थप चलायमान बन्ने अपेक्षा गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार नेपाल र चीनबीच सीमा क्षेत्रमा देखिने समस्या समाधान, सुरक्षा समन्वय तथा आपसी सहकार्यलाई निरन्तरता दिन कहिले केरुङ र कहिले रसुवामा आलोपालो बैठक बस्ने प्रावधानअनुसार यस्ता बैठक नियमित रूपमा सञ्चालन हुँदै आएका छन् ।

सीमा क्षेत्रमा देखिएको सकारात्मक वातावरण, व्यापारिक गतिविधिमा बढ्दो सहजता तथा दुई देशबीचको मित्रवत् सम्बन्धले रसुवासहित समग्र उत्तरी नाका क्षेत्रमा नयाँ आशा र उत्साह थपिएको स्थानीय समाजसेवी मिलन तामाङले प्रतिक्रिया दिए ।

Post navigation

Previous: एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ निष्काशन गर्ने
Next: बाजुरा र हुम्लाको सीमा विवादः सरकारले गठन गर्यो अध्ययन समिति

Related Stories

1
  • News

खाद्य निरीक्षक राखेर बजार अनुगमन गर्न सरकारको आग्रह

Kamal Tamang July 29, 2026
1
  • News

नेपाल चिकित्सक संघद्वारा देशव्यापी आन्दोलन घोषणा, आकस्मिक बाहेकका सेवा बन्द गर्ने

Kamal Tamang July 29, 2026
1
  • News

उद्योगीका सुझावका आधारमा कर, पूर्वाधार र नीतिगत सुधार गर्ने सरकारको संकेत : चन्द्र ढकाल

Kamal Tamang July 29, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.