Skip to content
July 29, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • News
  • Technology
  • Uncategorized

इन्धनले टिकट मूल्य बढ्दा आन्तरिक हवाई यात्रु संख्या घट्यो, अन्तर्राष्ट्रिय यात्रु कति ?

Kamal Tamang May 25, 2026 1 minute read
1
Share On:

काठमाडौं । पश्चिम एसिया युद्धको असरले हवाई इन्धनको मूल्यवृद्धि र सोही कारण टिकटको भाउ बढ्दा आन्तरिक उडानमा यात्रु संख्या घटेको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार अप्रिल २०२६ मा कुल आन्तरिक हवाई यात्रु संख्या ३ लाख १७ हजार ९ सय ५४ छ । अघिल्लो महिना मार्चमा आन्तरिक उडानका यात्रु संख्या ३ लाख ३५ हजार ६ज सय ८३ थियो ।

वायुसेवा कम्पनीहरूका अनुसार इन्धन मूल्य बढेपछि हवाई भाडा महँगिदा त्यसको असर यात्रु संख्यामा देखिएको हो । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णका अनुसार अहिले यात्रु चाप कम हुनुमा प्रमुख कारण इन्धन मूल्य हो ।‘१ सय २७ प्रतिलिटर रहेको इन्धनको मूल्य एकै पटक दोब्बरले बढेपछि स्वाभाविक रूपमा त्यसले मूल्यमा असर गर्छ नै,’ उनले भने ।

यसबाहेक हालैका दिन भने मलमासका कारण मानिसले यात्रा नगर्ने र पर्यटक संख्या उल्लेख्य नबढ्दा पनि त्यसले आन्तरिक उडानमा चाप देखिने उनी बताउँछन् ।विमानस्थल कार्यालयका अनुसार अप्रिलमा १ लाख ६० हजार ६ सय १ आन्तरिक उडानका यात्रु  काठमाडौंबाट प्रस्थान गरेका छन् ।  १ लाख ५७ हजार ३ सय ५३ यात्रु काठमाडौं भित्रिएका छन् ।

यस महिना कुल ४ हजार २ सय ७२ आन्तरिक उडान र ४ हजार २ सय ७० अवतरण भएको तथ्यांक छ । आन्तरिक उडानतर्फ बुद्ध एयरले एक महिनामा १ लाख ७२ हजार ८ सय ७६ यात्रुलाई सेवा दिएको छ ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार अप्रिल २०२६ मा बुद्ध एयर धेरै यात्रु बोक्ने आन्तरिक वायुसेवा कम्पनीमध्ये पहिलो स्थानमा छ । दोस्रो स्थानमा यती एयरलाइन्स छ । यतीले ७१ हजार २७ यात्रुलाई सेवा दिएको छ । तेस्रो स्थानमा रहेको श्री एयरलाइन्सले ५३ हजार ५ सय २१ यात्रुलाई सेवा दिएको कार्यालयको तथ्यांक छ ।

त्यस्तै सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले भने एक महिनामा मात्र १ हजार १ सय  ४८ यात्रुलाई सेवा दिएको छ । समिट एयरले ५ हजार ६३ यात्रु बोकेको तथ्यांक छ । तारा एयरले ३ हजार ६ज सय ९१ र सीता एयरले २ हजार ६ज सय ४६ यात्रुलाई सेवा दिएको छ ।

यो महिना आन्तरिक उडानतर्फ कुल ३ लाख १७ हजार ९ सय ५४ यात्रुले सेवा लिएका छन् । जसमा हेलिकप्टर सेवा प्रदायक कम्पनीले बोकेका यात्रु संख्या समेत समावेश छ ।

अन्तराष्ट्रियतर्फ भने यात्रु संख्या बढेको छ । अन्तर्राष्ट्रियतर्फ अप्रिलमा ४ लाख ५० हजार ५ सय ८२ यात्रुले सेवा लिएको तथ्यांक छ । मार्चमा ३ लाख ७५ हजार ६ सय ७४ यात्रुले सेवा लिएका थिए ।

अन्तर्राष्ट्रियतर्फ एक महिनामा २ लाख २६ हजार ४ सय ९७ यात्रु प्रस्थान गरेका छन् । २ लाख २३ हजार ९ सय ८५ यात्रु आगमन भएको छ । यस अवधिमा १ हजार ४ सय ६१ अन्तर्राष्ट्रिय उडान र १ हजार ४ सय ५९ अवतरण भएको तथ्यांक छ । १ सय यात्रुले ट्रान्जिट सुविधा लिएका छन् ।मुख्य पर्यटकीय मौसम भएका कारण अन्तर्राष्ट्रिय यात्रु आगमन र प्रस्थान बढेको छ । वसन्त ऋतुमा नेपालमा पदयात्रा र पर्वतारोहणको मूख्य मौसम मानिन्छ ।

Post navigation

Previous: होर्मुज जलमार्गमा इरानको कडा निगरानी, २४ घण्टामा ३३ जहाजलाई मात्र अनुमति
Next: हावाहुरीका कारण रौतहटमा घर भत्किँदा एक महिलाको मृत्यु, विद्युत् सेवा

Related Stories

1
  • News

खाद्य निरीक्षक राखेर बजार अनुगमन गर्न सरकारको आग्रह

Kamal Tamang July 29, 2026
1
  • News

नेपाल चिकित्सक संघद्वारा देशव्यापी आन्दोलन घोषणा, आकस्मिक बाहेकका सेवा बन्द गर्ने

Kamal Tamang July 29, 2026
1
  • News

उद्योगीका सुझावका आधारमा कर, पूर्वाधार र नीतिगत सुधार गर्ने सरकारको संकेत : चन्द्र ढकाल

Kamal Tamang July 29, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.