Skip to content
September 15, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • News
  • Technology
  • Uncategorized

हावाहुरीका कारण रौतहटमा घर भत्किँदा एक महिलाको मृत्यु, विद्युत् सेवा

Kamal Tamang May 26, 2026
1
Share On:

काठमाडौं । रौतहटमा हावाहुरीका कारण घर भत्किँदा एक महिलाको मृत्यु भएको छ भने विद्युत् सेवा समेत अवरुद्ध भएको छ ।सोमबार बेलुका साढे ७ बजेको समयमा आएको हावाहुरीका कारण रौतहटको वृन्दावन नगरपालिका वडा नम्बर ७ धमौरा गढी टोलमा स्थानीय बच्चेलाल रायको एक तले कच्ची घर भत्किएको हो । टायलको छानो र बाँसको बार भएको उक्त घर भत्किँदा रायकी अन्दाजी ३५ वर्षीया श्रीमती फुल कुमारी देवी भग्नावशेषमा च्यापिएर गम्भीर घाइते भएकी थिइन् ।

घाइते फुल कुमारीलाई तत्काल उपचारका लागि बेटर नेपाल हस्पिटल, गरुडा ल्याइएकोमा चिकित्सकहरूले उनलाई मृत घोषित गरेका थिए । मृतकको शव अहिले सोही अस्पतालमा राखिएको छ ।

घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी हर्षाहाबाट प्रहरी सहायक निरीक्षक ९प्रसनि० सुमन परियार र इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक ९प्रनि० प्रमोद खड्काको प्रहरी टोली घटनास्थलमा पुगेको थियो । घटनास्थल प्रहरी चौकी हर्षाहाबाट अन्दाजी ३ किलोमिटर पूर्व—दक्षिणमा पर्दछ ।यसै गरी, हावाहुरीकै कारण रौतहटको चपुर—गौर सडक खण्डमा विद्युत् सेवा अवरुद्ध भएको छ ।

जिगडिया पेट्रोल पम्पदेखि बिर्ता चोक आसपासमा चपुर९गौर ३३ के।भी। लाइनका ३ वटा पोल भाँचिएका छन् भने १० वटा पोलबाट तार खसेको छ । विद्युत् प्राधिकरणले लाइन मर्मतका लागि प्राविधिक तथा कर्मचारीहरू फिल्डमा खटाइसकेको नेपाल विद्युत् प्राधिकरण गौरले जनाएको छ ।

मर्मत सम्भारको काम सकिएपछि मात्र विद्युत् सेवा पुनः सुचारु हुने भन्दै प्राधिकरणले ग्राहक वर्गमा पर्न गएको असुविधाप्रति क्षमा याचना सहित जानकारी गराएको छ ।

Post navigation

Previous: इन्धनले टिकट मूल्य बढ्दा आन्तरिक हवाई यात्रु संख्या घट्यो, अन्तर्राष्ट्रिय यात्रु कति ?
Next: चिनियाँ राष्ट्रपति सीले ट्रम्पसँगको वार्तामा आक्रामक रूपमा उठाए जापानी सैन्यीकरणको मुद्दा

Related Stories

1
  • News

खाद्य निरीक्षक राखेर बजार अनुगमन गर्न सरकारको आग्रह

Kamal Tamang July 29, 2026
1
  • News

नेपाल चिकित्सक संघद्वारा देशव्यापी आन्दोलन घोषणा, आकस्मिक बाहेकका सेवा बन्द गर्ने

Kamal Tamang July 29, 2026
1
  • News

उद्योगीका सुझावका आधारमा कर, पूर्वाधार र नीतिगत सुधार गर्ने सरकारको संकेत : चन्द्र ढकाल

Kamal Tamang July 29, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.