Skip to content
September 14, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • News
  • Technology
  • Uncategorized

 प्रधानन्यायाधीश शर्माले मुख्य न्यायाधीश तथा न्यायाधीशहरूलाई २१ बुँदे निर्देशन 

Kamal Tamang June 2, 2026 1 minute read
1
Share On:


काठमाडौं ।  प्रधानन्यायाधीश मनोजकुमार शर्माले मुख्य न्यायाधीश तथा न्यायाधीशहरूलाई २१ बुँदे निर्देशन दिएका छन्। सोमबार प्रधानन्यायाधीश शर्माले जुम मिटिङमार्फत न्यायपालिकाको जनआस्था अभिवृद्धि गर्नका लागि भन्दै २१ बुँदामा निर्देशन दिएका हुन्। उनले न्याय प्रशासनलाई प्रभावकारी बनाउन आफू एक्लै निर्वाह गर्ने भन्दा पनि सबैको सहयोग आवश्यक पर्ने बताएका छन्।

‘यही मान्यता र विश्वासका साथ न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धि, बक्यौता मुद्दा न्यूनीकरण, सुशासन, पारदर्शिता, प्रविधिको प्रभावकारी प्रयोग, सेवा प्रवाहमा सुधार र विकृति(विसङ्गतिप्रति शून्य सहनशीलताको नीति कार्यान्वयन समेतका लागि देहायका विषयहरूमा यहाँहरूको विशेष ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले निर्देशनमा भनेका छन्।

प्रधानन्यायाधीश शर्माले न्यायाधीशहरूलाई आर्थिक वर्षको अन्तसम्म दुई पर्ष नाघेका मुद्दाहरू र २०८३ को पुस मसान्तसम्म १८ महिना नाघेका मुद्दालाई शून्यमा ल्याउने गरी कार्यसम्पादन गर्न निर्देशन दिएका हुन्।

त्यस्तै अदालतमा हुने विकृति, विसंगति, अनुचित प्रभाव, अनियमितता, बिचौलियाजन्य गतिविधि वा आचरण विपरित क्रियाकलापमा शून्य सहनशीलताको नीति अवलम्बन गर्न पनि निर्देशन दिएका छन्।

‘अदालत प्रवेश, मुद्दा व्यवस्थापन, म्याद तामेली, पेशी, फैसला तयारी, फैसला कार्यान्वयन, अभिलेख तथा सेवा प्रवाहका प्रत्येक चरणमा सूक्ष्म निगरानी गर्नुहोला। अनियमितता देखिएमा आफूले गर्न सक्ने हदसम्म तत्काल कारवाही गरी अन्य विषयमा सिफारिससहित प्रतिवेदन गर्नुहोला,’ निर्देशनमा भनिएको छ।

त्यस्तै, अनलाइन बहस, भिडिओ कन्फरेन्सिङ र लाइभ स्ट्रिमिङको प्रयोग बढाउन पनि निर्देशन दिएका छन्।त्यसैगरी अदालतले फैसला गरेपछि त्यसको पूर्णपाठ लेख्न लामो समय लागेकाले पनि न्यायपालिका प्रति नकारात्मक टिप्पणी हुने उनले बताएका छन्।त्यसका लागि कानुनले तोकिएको अवधि भित्रै फैसला तयार गर्न पनि उच्च प्राथमिकता दिन प्रधानन्यायाधीशको निर्देशन छ।
 

Post navigation

Previous: भारतीय अखबारमा रवि लामिछानेको लेखः नेपाल–भारत सम्बन्धलाई विकास कूटनीतिमा बदल्न  राखे ८ प्रस्ताव
Next: सांसद सुधन गुरुङमाथि छानबिन गर्न थप पाँच दिनको समय 

Related Stories

1
  • News

खाद्य निरीक्षक राखेर बजार अनुगमन गर्न सरकारको आग्रह

Kamal Tamang July 29, 2026
1
  • News

नेपाल चिकित्सक संघद्वारा देशव्यापी आन्दोलन घोषणा, आकस्मिक बाहेकका सेवा बन्द गर्ने

Kamal Tamang July 29, 2026
1
  • News

उद्योगीका सुझावका आधारमा कर, पूर्वाधार र नीतिगत सुधार गर्ने सरकारको संकेत : चन्द्र ढकाल

Kamal Tamang July 29, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.