Skip to content
nepWordLogoTitle

Custom Ad 1
Primary Menu
  • Home
  • World
  • Technology
  • नेपाली
Light/Dark Button
  • News
  • Technology
  • Uncategorized
  • World

सशस्त्र हेडक्वार्टरमा आगलागी घटनाः डीआईजीको नेतृत्वमा छानबिन समिति गठन

Kamal Tamang June 7, 2026 1 min read
1
Share On:


काठमाडौं । नेपाल र भारतबीच तीन विषयमा सहमति–समझदारी भएको छ। भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय समकक्षी एस जयशंकरबीच नयाँदिल्लीमा भएको प्रतिनिधिमण्डलस्तरीय वार्ताका क्रममा विभिन्न सहमति–समझदारी भएका हुन्।

दिल्लीस्थित नेपाली दूतावासका अनुसार जुन २०२३ (जेठ २०८०) मा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र भारतीय राष्ट्रिय भुक्तानी निगम (एनपीसीआई) बीच भएको समझदारीबमोजिम सीमापार विद्युतीय भुक्तानी कारोबारलाई सञ्चालनमा ल्याउने सहमति भएको छ। 

जेठ २०८० मा एनसीएचएल र एनपीसीआईको अन्तर्राष्ट्रिय शाखा एनपीसीआई इन्टरनेसनल पेमेन्ट्स लिमिटेड (एनआईपीएल) बीच दिल्लीमै सीमापार डिजिटल भुक्तानी र रेमिट्यान्स सेवा सुरु गर्नेसम्बन्धी समझदारी भएको थियो।

त्यही समझदारीका आधारमा फागुन २०८० मा नेपाल र भारतबीच सीमापार क्यूआर भुक्तानी प्रणाली सुरु भएको थियो। दुई छिमेकी देशबीच निर्बाध डिजिटल वित्तीय सम्बन्ध स्थापना हुने संकेत यसले दिएको भन्दै व्यापक चर्चा गरियो । त्यसयता नेपाल आउने भारतीय पर्यटक, विद्यार्थी र बिरामीले आफ्ना मोबाइल फोनबाट क्यूआर कोड ‘स्क्यान’ गरेर रकम भुक्तानी गर्न पाएका छन्।

तर भारत भ्रमण गर्ने नेपालीले अझै त्यो सुविधा पाएका छैनन्। अब भने नेपालीले पनि भारतमा क्यूआर सेवा प्रयोग गर्न पाउनेछन् । शनिबार नै भूकम्पपछिको भारतको सहयोगमा पुनर्निर्माण गरिएका स्वास्थ्यका ७२ र सांस्कृतिक क्षेत्रका १२ परियोजना हस्तान्तरण गरिएको छ । २०७२ सालको भूकम्पपछि पुनर्निर्माणका लागि भारतले १ अर्ब अमेरिकी डलर अनुदान र ऋण दिएको थियो।

काठमाडौं विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङको ‘सेन्टर फर डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर एन्ड आर्टिफिसियल इन्टेलिजेन्स’ र ‘डिजिटल इन्डिया भाषिनी डिभिजन’ बीच भाषा अनुवाद गर्ने ‘भोइस फर्स्ट’ प्लाटफर्मका लागि संयुक्त रूपमा राष्ट्रिय डिजिटल पूर्वाधार निर्माण गर्ने समझदारी पनि भएको छ।

बैठकका क्रममा खनाल र जयशंकरबीच द्विपक्षीय सम्बन्धका विविध आयाममा बृहत् छलफल भएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।छलफलमा व्यापार तथा आर्थिक सहयोग, सीमापार कनेक्टिभिटी, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन र खेलकुदलगायतका माध्यमबाट जनस्तरको सम्बन्ध प्रवर्द्धन गर्ने विषय समेटिएको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। बैठकको सुरुमा दुवै परराष्ट्रमन्त्रीले द्विपक्षीय सम्बन्धका प्राथमिकता र विशेषताबारे धारणा राखेका थिए। 

जयशंकरले आपसी प्रगति, समृद्धि र कल्याणका लागि नेपालसँग मिलेर काम गर्ने भारतको प्रतिबद्धता दोहोर्‍याए। उनले पश्चिम एसिया संकटबीच पनि भारतले नेपाललाई इन्धनको आपूर्ति सुनिश्चित गरेको उल्लेख गरे। जयशंकरले आर्टिफिसियल इन्टेलिजेन्स, स्टार्टअप, सूचना प्रविधि र नवीकरणीय ऊर्जा जस्ता क्षेत्रमा नेपालसँग सहकार्य गर्न चाहेको बताए।

Post navigation

Previous: राजनीतिक श्रेयभन्दा विकासलाई प्राथमिकता दिइएको छ : अर्थमन्त्री वाग्ले
Next: रास्वपा काठमाडौँको जिल्ला सभापतिमा राजा शाक्य निर्वाचित

Related Stories

1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

कुमारी बैंक लिमिटेड र बी एण्ड बी अस्पतालबीच सम्झौता

Kamal Tamang June 7, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

परराष्ट्रमन्त्रीको भारत भ्रमण् नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुरयाउने प्रतिबद्धता

Kamal Tamang June 7, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

भारतमा घरेलु प्रयोगका एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?

Kamal Tamang June 7, 2026
  • 1
    कुमारी बैंक लिमिटेड र बी एण्ड बी अस्पतालबीच सम्झौताJune 7, 2026
  • 1
    परराष्ट्रमन्त्रीको भारत भ्रमण् नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुरयाउने प्रतिबद्धताJune 7, 2026
  • 1
    भारतमा घरेलु प्रयोगका एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?June 7, 2026
  • 1
     अमेरिका र इजरायलबीच इरानलाई लिएर मतभेद बढ्दै, इजरायलले जासुसी गरिरहेको दाबीJune 7, 2026
  • 1
    सन् २०२६ को फिफा विश्वकप धेरै हिसाबले ऐतिहासिक हुने, पहिलो पटक विश्वकप खेल्दै यि चार राष्ट्रJune 7, 2026
  • 1
    रास्वपा काठमाडौँको जिल्ला सभापतिमा राजा शाक्य निर्वाचितJune 7, 2026

You may have missed

1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

कुमारी बैंक लिमिटेड र बी एण्ड बी अस्पतालबीच सम्झौता

Kamal Tamang June 7, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

परराष्ट्रमन्त्रीको भारत भ्रमण् नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुरयाउने प्रतिबद्धता

Kamal Tamang June 7, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

भारतमा घरेलु प्रयोगका एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?

Kamal Tamang June 7, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

 अमेरिका र इजरायलबीच इरानलाई लिएर मतभेद बढ्दै, इजरायलले जासुसी गरिरहेको दाबी

Kamal Tamang June 7, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

Our Team

Our Team
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Links

  • कुमारी बैंक लिमिटेड र बी एण्ड बी अस्पतालबीच सम्झौता
  • परराष्ट्रमन्त्रीको भारत भ्रमण् नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुरयाउने प्रतिबद्धता
  • भारतमा घरेलु प्रयोगका एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?
  •  अमेरिका र इजरायलबीच इरानलाई लिएर मतभेद बढ्दै, इजरायलले जासुसी गरिरहेको दाबी
  • सन् २०२६ को फिफा विश्वकप धेरै हिसाबले ऐतिहासिक हुने, पहिलो पटक विश्वकप खेल्दै यि चार राष्ट्र
Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd.