काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्तिको छानबिनपछि सफाइ पाएर आफूले फेरि जिम्मेवारी पाउनेमा आशावादी देखिएका छन् ।आइतबार रास्वपा गोरखाको अधिवेशन समारोहलाई सम्बोधन गर्दै उनले आफूलाई फेरि त्यही (गृहमन्त्री)कै जिम्मेवारी दिइयो भने दुई महिनामा धेरै काम गरेर देखाउने बताएका हुन् ।
‘मलाई फेरि त्यो जिम्मेवारीमा इच्छाउनुहुन्छ, काबिल देख्नुहुन्छ भने म त्यो पदमा गइहालेँ भने पनि मलाई अलिकति समय दिनु,’ उनले भने, ‘दुई महिनाजति समय दिनु । त्यतिखेर फोटो खिच्ने र माला लगाउने, खादा लगाउने, बधाई दिने कार्यहरू नगरौँ । मन्त्रालय धाउने काम नगरौँ ।’उनले आफू फेरि गृहमन्त्री बनिहाले दुई महिनाको समयमा धेरै कामको सुरुवात गर्ने पनि बताए ।
