Skip to content
October 30, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • News
  • Technology
  • Uncategorized

भारतमा घरेलु प्रयोगका एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?

Kamal Tamang June 7, 2026
1
Share On:


काठमाडौं । भारतमा घरेलु प्रयोगका एलपी ग्यास सिलिन्डरको मूल्य २९ भारतीय रुपैयाँले वृद्धि गरिएको छ । नयाँ मूल्य आइतबारदेखि लागू भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

भारतमा भएको यो मूल्यवृद्धिले नेपालमा समेत एलपी ग्यासको मूल्य समायोजनको दबाब बढ्ने संकेत देखिएको छ, किनभने नेपालले आफ्नो सम्पूर्ण एलपी ग्यास भारतबाट आयात गर्दै आएको छ ।

नयाँ मूल्यअनुसार भारतको राजधानी नयाँदिल्लीमा १४।२ किलोग्राम क्षमताको घरेलु एलपी ग्यास सिलिन्डरको मूल्य ९१३ भारतीय रुपैयाँबाट बढेर ९४२ भारतीय रुपैयाँ पुगेको छ । यसअघि गत मार्च ७ मा पनि अन्तर्राष्ट्रिय ऊर्जा बजारमा आएको उतारचढाव र आपूर्ति शृंखलामा परेको प्रभावका कारण प्रति सिलिन्डर ५० रुपैयाँले मूल्य बढाइएको थियो ।

नेपालमा एलपी ग्यासको मूल्य भने नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशन ९आईओसी० बाट प्राप्त हुने नयाँ खरिद मूल्यका आधारमा मासिक रूपमा समायोजन गर्दै आएको छ । भारतमा भएको मूल्य परिवर्तनले आगामी मूल्यसूचीमा नेपालले आयात गर्ने ग्यासको लागत बढ्न सक्ने भएकाले स्वचालित रूपमा नेपाली बजारमा पनि मूल्य समायोजनको सम्भावना बढेको छ ।

यद्यपि नेपालमा मूल्य बढ्ने वा नबढ्ने विषय भने आईओसीले पठाउने नयाँ मूल्यसूची, ढुवानी लागत, विनिमय दर र निगमको समग्र नाफा–नोक्सान अवस्थामाथि निर्भर रहनेछ । ऊर्जा विज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा एलपी ग्यासको मूल्य उच्च रहेमा नेपाल आयल निगममाथि वित्तीय भार बढ्न सक्छ । निगमले घाटा व्यवस्थापन गर्न नसकेमा उपभोक्ताले पनि मूल्यवृद्धिको असर भोग्नुपर्ने अवस्था आउन सक्छ ।

Post navigation

Previous:  अमेरिका र इजरायलबीच इरानलाई लिएर मतभेद बढ्दै, इजरायलले जासुसी गरिरहेको दाबी
Next: परराष्ट्रमन्त्रीको भारत भ्रमण् नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुरयाउने प्रतिबद्धता

Related Stories

1
  • News

खाद्य निरीक्षक राखेर बजार अनुगमन गर्न सरकारको आग्रह

Kamal Tamang July 29, 2026
1
  • News

नेपाल चिकित्सक संघद्वारा देशव्यापी आन्दोलन घोषणा, आकस्मिक बाहेकका सेवा बन्द गर्ने

Kamal Tamang July 29, 2026
1
  • News

उद्योगीका सुझावका आधारमा कर, पूर्वाधार र नीतिगत सुधार गर्ने सरकारको संकेत : चन्द्र ढकाल

Kamal Tamang July 29, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.