Skip to content
September 13, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • News
  • Technology
  • Uncategorized

माउन्ट एभरेष्ट पावरको आईपीओ बिक्री खुला, आजदेखि आवेदन दिन सकिने

Kamal Tamang June 17, 2026
1
Share On:


काठमाडौँ । जलविद्युत् कम्पनीले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ। इच्छुक लगानीकर्ताले आजदेखि आवेदन दिन सक्नेछन्।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल १४ लाख २७ हजार ६०० कित्ता साधारण शेयर सार्वजनिक निष्काशनमा ल्याएको हो। यसबाट कम्पनीले १४ करोड २७ लाख ६० हजार रुपैयाँ बराबरको पूँजी संकलन गर्ने लक्ष्य राखेको छ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ। आईपीओ बिक्री अवधि छिटोमा असार ८ गतेसम्म रहनेछ। सो अवधिमा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि असार १७ गतेसम्म लम्ब्याइनेछ।

सोलुखुम्बु जिल्लामा रहेको १२ मेगावाट क्षमताको सञ्चालन गरिरहेको कम्पनीले आयोजनाको कुल लागत करिब २ अर्ब ३६ करोड ९३ लाख रुपैयाँ रहेको जनाएको छ। आयोजनाको प्रतिमेगावाट लागत करिब १९ करोड ७४ लाख रुपैयाँ रहेको छ।

कम्पनीका अनुसार आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्रको अवधि अझै २८ वर्ष ९ महिना बाँकी रहेको छ। आयोजनामा गरिएको लगानी सामान्य आधारमा ६.४० वर्षभित्र फिर्ता हुने अनुमान गरिएको छ भने डिस्काउन्टेड आधारमा लगानी फिर्ता अवधि ८.९४ वर्ष रहेको उल्लेख गरिएको छ। आईपीओ निष्काशन तथा बिक्री व्यवस्थापनको जिम्मेवारीले सम्हालेको छ। इच्छुक लगानीकर्ताले आफ्नो डिम्याट खातामार्फत आवेदन दिन सक्नेछन्।

Post navigation

Previous: इन्डोनेसियामा ६.७ म्याग्निच्युडको भूकम्प
Next: सभामुखको आचरणमाथि कांग्रेस सांसद यादवको टिप्पणी, रास्वपाको आपत्ति

Related Stories

1
  • News

खाद्य निरीक्षक राखेर बजार अनुगमन गर्न सरकारको आग्रह

Kamal Tamang July 29, 2026
1
  • News

नेपाल चिकित्सक संघद्वारा देशव्यापी आन्दोलन घोषणा, आकस्मिक बाहेकका सेवा बन्द गर्ने

Kamal Tamang July 29, 2026
1
  • News

उद्योगीका सुझावका आधारमा कर, पूर्वाधार र नीतिगत सुधार गर्ने सरकारको संकेत : चन्द्र ढकाल

Kamal Tamang July 29, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.