Skip to content
September 13, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • News
  • Technology
  • Uncategorized

सभामुखको आचरणमाथि कांग्रेस सांसद यादवको टिप्पणी, रास्वपाको आपत्ति

Kamal Tamang June 17, 2026
1
Share On:


काठमाडौँ । नेपाली कांग्रेसका सांसद चन्द्र मोहन यादवले प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्याल को पूर्व राजनीतिक आबद्धतालाई जोड्दै आचरणमाथि प्रश्न उठाएका छन्। बुधबार बसेको बैठकमा उनले सभामुखलाई पूर्व पार्टीसँगको सम्बन्ध अझै पूर्ण रूपमा विच्छेद हुन नसकेको हो? भन्दै प्रश्न गरे।

उनले भने,‘मलाई सभामुखसँग प्रश्न छ । यो गरिमामय कुर्सीमा बस्नु पहिला एउटा पार्टीमा आबद्ध हुनुहुन्थ्यो । के सभामुख महोदय अहिलेसम्म पहिलेको जो पार्टी थियो रास्वपा त्योसँगको नाभि काट्न सक्नुभएको छैन कि के हो ? यहाँले सम्पूर्ण सदनको अविभावकको रुपमा यसको सम्मान बढाउने हो ।’

राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद यादवको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। रास्वपाका सांसद गणेश कार्कीले प्रतिनिधिसभा नियमावलीको दफा २१ (ख) अनुसार सभामुखको आचरणमाथि छलफल बाहेक आलोचना गर्न नपाइने व्यवस्था रहेको उल्लेख गर्दै उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरे।

उनले भने,‘नियमावलीको २१ को ९ख०मा सभामुखले पद अनुकुल आचरण गरेको छैन भन्ने प्रस्तावको छलफलको क्रममा बाहेक सभामुखको आचरणको आलोचना गर्न नहुने यो हामी सबैले मानेको हो । जतासुकै हिलो फालेर विधि बस्दैन भनेर सम्झाउँदै यो बोलेको कुरा रेकर्डबाट हटाउन माग गर्छु ।’

Post navigation

Previous: माउन्ट एभरेष्ट पावरको आईपीओ बिक्री खुला, आजदेखि आवेदन दिन सकिने
Next: मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार सुरुवात

Related Stories

1
  • News

खाद्य निरीक्षक राखेर बजार अनुगमन गर्न सरकारको आग्रह

Kamal Tamang July 29, 2026
1
  • News

नेपाल चिकित्सक संघद्वारा देशव्यापी आन्दोलन घोषणा, आकस्मिक बाहेकका सेवा बन्द गर्ने

Kamal Tamang July 29, 2026
1
  • News

उद्योगीका सुझावका आधारमा कर, पूर्वाधार र नीतिगत सुधार गर्ने सरकारको संकेत : चन्द्र ढकाल

Kamal Tamang July 29, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.