काठमाडौँ । चितवनमा आजदेखि सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन स्थल रातभर परेको अत्यधिक वर्षाका कारण जलमग्न भएको छ। वर्षापछि चौरमा पानी जमेकोले अहिले मोटरको सहायताले पानी निकाल्ने काम भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय अगाडिको गेस्टहाउस चौर होचो भाग भएकाले पानी पर्नासाथ जम्ने गर्दछ । महाधिवेशन उदघाटन स्थलमा सहभागीहरु बस्न बनाइएका तीन वटा सेक्सनमध्ये २० मिटर चौडा र ७५ मिटर लम्बाइको मुख्य खण्डको ह्यांगर तल पानी जमेको छ । मुख्य सेक्सनभन्दा माथिको ह्यांगरमा भने खासै पानी जमेको छैन । तल्लो सेक्सनमा छिपछिपे पानी छ ।
