काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री एवं वरिष्ठ नेता वालेन्द्र शाह आइतबार दिउँसो चितवन पुग्ने भएका छन्। उनी प्रधानमन्त्री भएपछि पहिलो पटक काठमाडौं बाहिर जान लागेका हुन्।
महामन्त्री कबिन्द्र बुर्लाकोटीकाअनुसार वरिष्ठ नेता शाह आइतबार दिउँसो साढे १२ बजे भरतपुर पुग्ने छन्। त्यसपछि उनले सभापति र पार्टीका नेताहरूसँग छलफल गर्ने कार्यतालिका तय भएका छ।
नेताहरुसँगको छलफल पछि प्रधानमन्त्री शाह उदघाटन स्थल गेष्ट हाउस चौर जाने कार्यतालिका छ। महामन्त्री बुर्लाकोटीका अनुसार सभापति रवि लामिछानेर वरिष्ठ नेता शाहले घण्टी बजाएर महाधिवेशन उदघाटन गर्नेछन्। राष्ट्रिय महाधिवेशनलाई प्रधानमन्त्री शाहले संक्षिप्त सम्बोधन पनि गर्नुहुर्नेछन्।
