Skip to content
September 17, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • News
  • Technology
  • Uncategorized

इरानलाई अन्तर्राष्ट्रिय बजारमा तेल बेच्न अमेरिकाले दियो अनुमति

Kamal Tamang June 23, 2026 1 minute read
1
Share On:

अमेरिकाले इरानलाई अन्तर्राष्ट्रिय बजारमा तेल बेच्न अस्थायी रूपमा छुट दिएको छ।इरानमाथि लामो समयदेखि लगाएको प्रतिबन्ध अस्थायी रूपमा स्थगित गरी अमेरिकाले अन्तर्राष्ट्रिय बजारमा इरानी तेल बेच्न बाटो खोलिदिएको हो।

छुटसँगै इरानले कम्तिमा दुई महिनासम्म डलरमा तेल बेच्न सक्नेछ। उसले अमेरिकी कम्पनी कम्पनीसहित अन्तरर्राष्ट्रिय बजारमा खुला रूपमा तेल बेच्न सक्नेछ।

अमेरिका र इरान युद्धबीच अमेरिकाले हर्मुज जलमार्ग वरपर नौसेना तैनाथ गरी इरानी बन्दरगाहमा नाकाबन्दी लगाएको थियो।

अमेरिकाले नाकाबन्दी लगाउँदा तेल बेच्न नपाएर इरानका कच्चा तेल भण्डारगृह भरिएका थिए।

युद्ध अन्त्य गर्ने प्रारम्भिक सम्झौतामा हस्ताक्षरपछि ६० दिनका लागि युद्धविराम गर्ने सहमति भएको थियो। त्यो अबधिभित्र अन्तिम सम्झौता गर्न स्विट्जरल्याण्डमा अमेरिका र इरानबीच वार्ता भइरहेको छ।

युद्धविराम अवधिभर इरानले तेल बेच्न पाउने, हर्मुजमा बिना रोकावट तेल तथा प्राकृतिक ग्यास बोकेका पानीजहाजहरुको आवतजावत गर्ने र अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइएईए)का निरीक्षकहरूलाई  यही सातादेखि इरान फर्कने अनुमति दिने सहमति भएको अमेरिकी उपराष्ट्रपति जेडी भान्सले बताएका छन्।

यो सहमति कार्यान्वयनमा आएमा इरानले प्रत्यक्ष रूपमा डलरमा भुक्तानी प्राप्त गर्न सक्नेछ। यसअघि प्रतिबन्धका कारण इरानले छायाँ सञ्जालमार्फत मुख्यतः चीनलाई तेल बेच्दै आएको थियो।

ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौताको पालना नगरे पुनः सैन्य कारबाही गर्न सकिने चेतावनी दिए।

‘आणविक हतियारको खतरा मन्दीभन्दा धेरै ठूलो हुन्छ। मन्दी नराम्रो हो, तर आणविक हतियारले त्यसभन्दा छिटो र गम्भीर संकट निम्त्याउँछ,’ उनले भने।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको रोक्का गरिएको सम्पत्ति पनि तेहरानले अमेरिकी कृषि उत्पादन खरिद गर्ने गरी फुकुवा गर्न सकिने बताएको भनेर वाल स्ट्रिट जर्नलले लेखेको छ।

उपराष्ट्रपति जेडी भान्सले आइएईएका निरीक्षकहरूलाई पुनः इरानमा फर्कन दिने सहमति महत्त्वपूर्ण रहेको बताए।

यद्यपि निरीक्षकहरूले इरानको आणविक कार्यक्रम निगरानी गर्न कुन स्तरको पहुँच पाउने र अमेरिकी तथा इजरायली आक्रमणबाट प्रभावित फोर्दो, नतान्ज र इस्फाहानजस्ता संवेदनशील केन्द्रहरूमा जान पाउने वा नपाउने विषय अझै टुंगो लागिसकेको छैन।

आईएईएका महानिर्देशक रफायल ग्रोसी पनि स्विट्जरल्यान्डमा जारी वार्तामा सहभागी छन्। उनका प्रमुख उद्देश्यहरूमध्ये एक क्षतिग्रस्त आणविक केन्द्रहरूमा निरीक्षकहरूको पहुँच सुनिश्चित गर्नु रहेको बताइएको छ।

यद्यपि इरानी सरकारी सञ्चारमाध्यमहरूले तेहरानले आफ्नो आणविक कार्यक्रमबारे कुनै नयाँ प्रतिबद्धता नजनाएको दाबी गरेका छन्। इरानका कट्टरपन्थी समूहहरूले पनि निरीक्षकहरूको सम्भावित पुनरागमनप्रति असन्तुष्टि जनाएका छन्।

स्विट्जरल्यान्डको बर्गेनस्टक रिसोर्टमा कतार र पाकिस्तानको मध्यस्थतामा भएको वार्तामा अमेरिकी टोलीको नेतृत्व भान्सले गरेका थिए भने इरानी पक्षको नेतृत्व संसद्का सभामुख मोहम्मद बाघेर गालीबाफले गरेका थिए।

भान्सले लेबननमा हिजबुल्लाह र इसराइलबीचको तनाव तथा हर्मुज जलमार्गमा जहाज आवागमनसम्बन्धी विवाद समाधानका लागि पनि प्रारम्भिक सहमति बनेको बताए। उनका अनुसार दुवै पक्षबीच प्रत्यक्ष संवाद र विवाद व्यवस्थापन संयन्त्र स्थापना गर्ने सहमति भएको छ।

इरानको मुख्य माग आर्थिक प्रतिबन्ध हटाउने रहेको छ भने अमेरिकाले उच्चस्तरको युरेनियम भण्डार त्याग्न र संवर्धन कार्यक्रम सीमित गर्न दबाब दिइरहेको छ। भान्सले वार्तामा सफल अन्तिम सम्झौताका लागि राम्रो आधार तयार भएको बताए पनि अझै धेरै काम बाँकी रहेको स्वीकार गरे।

वार्ताका क्रममा कतारमा रोक्का राखिएको इरानी अर्बौं डलरको कोष खोल्ने विषयमा पनि प्रगति भएको जनाइएको छ। भान्सले उक्त रकम खुला गरिए अमेरिकी खाद्यान्न खरिदमा प्रयोग गरिनुपर्ने धारणा राखेका छन्।

Post navigation

Previous: रास्वपा महाधिवेशन : प्रतिनिधि रुजु र कार्ड छपाइमा भएको ढिलाइप्रति महामन्त्री बुर्लाकोटीको चासो
Next: रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र

Related Stories

1
  • News

खाद्य निरीक्षक राखेर बजार अनुगमन गर्न सरकारको आग्रह

Kamal Tamang July 29, 2026
1
  • News

नेपाल चिकित्सक संघद्वारा देशव्यापी आन्दोलन घोषणा, आकस्मिक बाहेकका सेवा बन्द गर्ने

Kamal Tamang July 29, 2026
1
  • News

उद्योगीका सुझावका आधारमा कर, पूर्वाधार र नीतिगत सुधार गर्ने सरकारको संकेत : चन्द्र ढकाल

Kamal Tamang July 29, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.