Skip to content
nepWordLogoTitle

Custom Ad 1
Primary Menu
  • Home
  • World
  • Technology
  • नेपाली
Light/Dark Button
  • News
  • Technology
  • Uncategorized
  • World

इसराइल र लेबनन युद्धविराम लागू गर्न सहमत, बढ्यो इरान–अमेरिका युद्ध रोकिने सम्भावना

Kamal Tamang June 4, 2026 1 min read
1
Share On:


काठमाडौं । इसराइल र लेबनन अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम लागू गर्न सहमत भएका छन्। दक्षिणी लेबननमा इरान संचालित हिजबुल्लाह समुह र इसराइली सेनाबीच भइरहेको लडाइँ अमेरिकाले रोक्न खोजिरहेको बेला यो सहमति भएको हो।इरानले अमेरिकासँगको कुनै पनि सम्झौताका लागि इसराइल र लेबननबीचको लडाइँको अन्त्यलाई एउटा सर्त बनाएको छ। यो सहमतिले इरान-अमेरिका युद्ध रोकिन समभावना केही बढाएको छ।

बुधबार अमेरिकासँग जारी गरिएको एक संयुक्त विज्ञप्तिमा इसराइल र लेबननले हिजबुल्लाहले दक्षिणी लेबनानबाट आफ्ना लडाकुहरू फिर्ता गर्ने र इसराइलमाथिका आक्रमण बन्द गर्ने सर्तमा शत्रुतापूर्ण गतिविधिहरू रोक्न सहमत भएको जनाएका छन्।अमेरिकी विदेश मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ, ‘यो युद्धविराम हिजबुल्लाहका तर्फबाट हुने आक्रमण पूर्ण रूपमा बन्द हुने र दक्षिणी लिटानी क्षेत्रबाट हिजबुल्लाहका सबै कार्यकर्ताहरू हट्ने सर्तमा आधारित छ।’

यो सम्झौताले लेबननमा जारी लडाइँलाई रोक्छ कि रोक्दैन भन्ने कुरा अझै अस्पष्ट छ भनेर फाइनान्सियल टाइम्सले लेखेको छ। यसअघि अप्रिलमा इसराइल र लेबनन अमेरिकाकै मध्यस्थतामा भएको युद्धविरामले लडाइँ रोक्न सकेको थिएन।यो घोषणाबारे हिजबुल्लाहले अझै सार्वजनिक रूपमा कुनै टिप्पणी गरेको छैन भने इसराइलले लडाइँ जारी राखेको छ। फेब्रुअरी अन्त्यमा अमेरिका र इसराइलले इरानमाथि गरेको आक्रमणपछि हिजबुल्लाहले इसराइलमा रकेट प्रहार गरेसँगै इसराइलले मार्चमा लेबनन छिरेर आक्रमण गरेको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई थर्काएपछि हिजबुल्लाह र इसराइलबीच मंगलबार आंशिक युद्धविरामको घोषणा भएको थियो।

इसराइलले हिजबुल्लाहलाई लक्ष्य गरिएको भन्दै लेबननमा आक्रमण तीव्र पारेपछि ट्रम्पले नेतन्याहूलाई फोन गरेर थर्काएका थिए। ट्रम्पले थर्काएपछि इसराइलले बेरूतमा हमलाको योजना नै रोकेको थियो। त्यसपछि लेबननले आंशिक युद्धविरामको घोषणा गरेको थियो। अहिले भने पूर्ण युद्धविराम लागू गर्न सहमति भएको हो। 

Post navigation

Previous: विकास, शिक्षा, स्वास्थ्य र युवाको सशक्तीकरणतर्फ गढीमाई गा.पा. -१ निरन्तर अग्रसरता।
Next:  पोखरा–जोमसोम नियमित हवाई सेवा बन्द, यस्तो छ कारण 

Related Stories

1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

राजनीतिक श्रेयभन्दा विकासलाई प्राथमिकता दिइएको छ : अर्थमन्त्री वाग्ले

Kamal Tamang June 5, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

कर चुहावट आशंकामा नियन्त्रणमा लिइएका इभीबारे छानबिन गर्न सरकारी टोली फिल्डमा खटियो

Kamal Tamang June 5, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा

Kamal Tamang June 5, 2026
  • 1
    राजनीतिक श्रेयभन्दा विकासलाई प्राथमिकता दिइएको छ : अर्थमन्त्री वाग्लेJune 5, 2026
  • 1
    कर चुहावट आशंकामा नियन्त्रणमा लिइएका इभीबारे छानबिन गर्न सरकारी टोली फिल्डमा खटियोJune 5, 2026
  • 1
    भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमाJune 5, 2026
  • 1
    सशस्त्र हेडक्वार्टरमा आगलागी घटनाः डीआईजीको नेतृत्वमा छानबिन समिति गठनJune 4, 2026
  • 1
    भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमाJune 4, 2026
  • 1
    रोल्पाको व्याङखोलामा गाडी दुर्घटना, तीन जनाको मृत्यु June 4, 2026

You may have missed

1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

राजनीतिक श्रेयभन्दा विकासलाई प्राथमिकता दिइएको छ : अर्थमन्त्री वाग्ले

Kamal Tamang June 5, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

कर चुहावट आशंकामा नियन्त्रणमा लिइएका इभीबारे छानबिन गर्न सरकारी टोली फिल्डमा खटियो

Kamal Tamang June 5, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा

Kamal Tamang June 5, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

सशस्त्र हेडक्वार्टरमा आगलागी घटनाः डीआईजीको नेतृत्वमा छानबिन समिति गठन

Kamal Tamang June 4, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

Our Team

Our Team
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Links

  • राजनीतिक श्रेयभन्दा विकासलाई प्राथमिकता दिइएको छ : अर्थमन्त्री वाग्ले
  • कर चुहावट आशंकामा नियन्त्रणमा लिइएका इभीबारे छानबिन गर्न सरकारी टोली फिल्डमा खटियो
  • भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
  • सशस्त्र हेडक्वार्टरमा आगलागी घटनाः डीआईजीको नेतृत्वमा छानबिन समिति गठन
  • भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd.