काठमाडौँ । अविश्वास र असमझदारी कायमै रहेका बेला अमेरिकी र इरानी अधिकारीहरुबीच स्वीटजरल्याण्डमा आज प्रत्यक्ष वार्ता हुँदैछ ।वार्तामा अमेरिकी उपराष्ट्रपति जेडी भान्स र पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ लगायत सहभागी हुँदैछन् ।
वार्ताका लागि अमेरिकी उपराष्ट्रपति जेडी भान्स आइतबार स्विट्जरल्याण्डमा हुने प्रत्यक्ष वार्ताका लागि शनिबार वाशिङ्टनबाट प्रस्थान गरेको रोयटर्सले जनाएको छ ।यसअघि जेडी भान्सको स्वीटजरल्याण्ड यात्रा अन्तिम समयमा रोकिएको समाचार सार्वजनिक भएको थियो ।
तर रोयटर्स, बीबीसी जस्ता अन्तर्राष्ट्रिय मिडियाहरुले जेडी भान्स स्वीटजरल्याण्ड प्रस्थान गरेको उल्लेख गरेका छन् । इरानी अधिकारीहरु भने स्वीटजरल्याण्ड पुगिसकेका छन् ।जेडी भान्सले वार्ताबाट आणविक मुद्दा र लेबनान युद्धविरामसम्बन्धी विषयमा प्रगति हुने अपेक्षा व्यक्त गरेको बीबीसीले जनाएको छ । इजरायल र हेजबुल्लाहबीचको तनाव तथा दक्षिणी लेबनानमा भएका इजरायली हवाई आक्रमणबारे प्रतिक्रिया दिँदै भान्सले अवस्था केही सुधार हुँदै गएको र हिंसा क्रमशस् कम हुँदै गएको बताए । उनले इजरायल र लेबनान दुवैको सुरक्षा सुनिश्चित गर्नु नै मुख्य उद्देश्य रहेको उल्लेख गरे ।
इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले आफ्नो देशले सम्झौताअनुसार अन्य पक्षले पनि प्रतिबद्धता पूरा गर्नुपर्ने माग गर्ने बताएका छन् । पाकिस्तानका प्रधानमन्त्री पनि वार्तामा सहभागी हुनेयता पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ पनि वार्ताको सुरुआती चरणमा सहभागी हुने भएका छन् ।
